पोखरा । नेवाः मिसा पुच पोखरा ९ नयाँ बजारको १३ औं साधारण सभा तथा ५ औं अधिबेशनले कोपिला श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
संस्थाको उपाध्यक्षमा मिना माकाजु, सचिवमा उषा सिल्पकार, सहसचिवमा अम्बिका मुल्मी, कोषाध्यक्षमा निशा ताम्राकार, सदस्यहरुमा लक्ष्मी मुल्मी, शुशिला कर्माचार्य, इश्वरी श्रेष्ठ, पुनम गुरुङ श्रेष्ठ, जुना श्रेष्ठ ताम्राकार, बिष्णु माया रन्जित, शुशिला प्रधान, श्यामा श्रेष्ठ, पुजा बाटाजु र सुनी प्रधान सर्वसम्मत चयन भएका छन ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले कार्यक्रम उद्घाटन गर्दै आफू आसन र भाषण भन्दा पनि काम गर्न रुचाउने भएको भन्दै संस्थालाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले नेवारी समुदाय नेपाली कला र संस्कृतिमा पहिलो भएकोले नेवारले आफ्नो संस्कार, संस्कृति जोगाउन अनुरोध गरे ।
पोखरा ९ का वडा सचिव कुलराज पौडेल, नेवाः मिसा पुच कास्कीका अध्यक्ष संगीता बज्राचार्य, सल्लाहकार शम्भुलाल श्रेष्ठ, जेष्ठ नागरिक सम्मानित ब्यक्तित्व बेद कुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष निरा श्रेष्ठ लगायतले बोलेका थिए ।
साधरण सभाले सचिव मिना माकाजुले संस्थागत प्रतिबेदन र कोषाध्यक्ष निशा ताम्राकारले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।
नेवाः मिसा पुच नयाँबजारका अध्यक्ष यमुना तझ्या श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष कोपिला श्रेष्ठ र संचालन सचिव मिना माकाजुले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







