ढोरपाटन । तीन वर्षदेखि निर्माणाधीन ढोरपाटन नगरपालिकाको भवन यही माघमा निर्माण सम्पन्न भएको छ । उक्त भवन रु चार करोड ५९ लाख ३४ हजारमा निर्माण भएको हो ।
निर्माण सकिएसँगै नगरले आफ्नै भवनबाट सेवा प्रवाह गर्ने योजनासहित सोमबार उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहद्वारा भवन उद्घाटन गर्ने कार्यतालिका बनाएको नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले जानकारी दिए । आर्थिक वर्ष २०७८÷७९ देखि भवन निर्माण सुरु भएको भन्दै आफ्नै कार्यालयबाट सेवा दिन थालेपछि सेवाग्राही र सेवाप्रदायक दुवैलाई सहज हुने उहाँले विश्वास व्यक्त गरे ।
उपप्रमुखले भने, “यो भवन अघिल्लो कार्यकालमा बन्नुपर्ने थियो । जग्गा व्यवस्थापन नहुँदा केही समस्या भएपछि निर्माणमा ढिलाइ भएको हो । उद्घाटनपछि केही दिनमा भवन स्थानान्तरण गरी गुणस्तरीय सेवा प्रवाह गर्नेछौँ ।”
भवन निर्माण भए पनि सवारीसाधन पार्किङस्थल, अन्य पूर्वाधार व्यवस्थापनको काम बाँकी रहेको प्रमुख प्रशासकीय अधिकृत चिरञ्जिवी घिमिरेले बताए । यसअघि वार्षिक रु २५ लाख बढी भाडाबापत रकम भुक्तानी गर्नुपरेको जनाउँदै आफ्नै भवनबाट सेवा दिन थालेपछि उक्त रकम बचत हुने उनले उल्लेख गरे । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







