लेखनाथ सहकारीको स्थापना दिवसमा रत्तदान


     एभरेस्ट आवाज    
     माघ २७ गते २०८१ मा प्रकाशित




लेखनाथ । लेखनाथ वचत तथा ऋण सहकारी सस्थाको १७औं स्थापना दिवस तथा १६ औं वार्षिकोत्सवका अवसरमा राखिएको रत्तदानमा ५४ युनिट रगत संकलन भएको छ ।

लेखनाथ वचत तथा ऋण सहकारी सस्थाको आयोजना र लायन्स क्लव अफ सेभेन लेकसिटी र अर्घौ वजार ब्यवस्थापन समितिको सहकार्यमा राखिएको संयुत्त रत्तदानका पहिलो रत्तदाता रमेश जि सीलाई ब्लड ब्याग हस्तान्त्रण गर्दै पोखरा महानगरपालिका वडा नं २६ का अध्यक्ष नरेन्द्र थापाले सहकारीले नाफाका लागि आर्थीक कारोवार मात्र होईन सामाजिक उत्तरदाइत्वलाई मनन गर्दै गरेको कामले समाजमा सकरात्म सन्देश जाने धारणा राखेका थिए ।

सोही अवसरमा लायन्स अन्तराष्ट्रिय डिष्ट्रक ३२५ वी आई नेपालका डिष्ट्रक गभर्नल विनोद ढुगानाले जाहाँ आवस्यकता त्यहाँ लायन्स हुने धारणा राख्दै लायन्स क्लवको अग्रसरतामा नेपालमा नै नमुनाको रगत संकलन बैक स्थापना गर्न लागेको जानकारी गराएका थिए ।

लेखनाथ वचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष हरिवहादुर जि सीको अध्यक्षतामा भएको कार्यक्रममा सस्थाका सस्थाक अध्यक्ष नारायणदक्त वस्ताकोटी,पुर्व अध्यक्ष गणेशभक्त अधिकारी,अर्घौ वजार ब्यवस्थापन समितिका उपाध्यक्ष घनश्याम ढुगाना, जिल्ला सहकारी संघकी उपाध्यक्ष अम्विका आचार्य, लायन्स क्लव अफ सेभेन लेकसिटीका अध्यक्ष विष्णु प्रसाद लामिछाने,जनजागृती युवा क्लवका अध्यक्ष मनिस वाग्ले लगाएतले रत्तदानको महत्व र उपयोगिताका बारेमा जानकारी गराएका थिए ।

सहकारीका सचिव शिव भण्डारीले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य लियो क्वल डिष्ट्रकका प्रसन्न सापकोटाले गरेका थिए भने सोही अवसरमा मेडीप्लस पोखराले निःशुल्क स्वास्थ सिविरबाट स्वास्थ परामर्स दिएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।