म्यानमारमा सेनाको ‘कू’विरुद्ध शिक्षक–विद्यार्थीको पनि बिरोध प्रदर्शन


     एभरेस्ट आवाज    
     माघ २४ गते २०७७ मा प्रकाशित




तस्बीरः एजेन्सी

म्यानमारको सेनाले देशकी सर्वोच्च नेता आङ सान सू ची सहितका नेताहरुलाई गिरफ्तार गरेर सत्ता कब्जा गरेको घटनालाई लिएर आन्दोलन चर्कदैँ गएको छ।

सेनाको ‘कू’विरुद्ध आम नागरिक आन्दोलनमा होमिन थालेका छन्। सेनाले सत्ता कब्जा गरेको घटनाका विरुद्ध आम नागरिकसँगै शिक्षक–विद्यार्थी पनि सडकमा उत्रिएका छन्।

म्यानमारको सबैभन्दा ठूलो सहर यांगूनको एक विश्वविद्यालयमा प्रदर्शन गर्दै शिक्षक–विद्यार्थीले जेलमा बन्द गरिएकी नेता आङ सान सू चीसहितका नेतालाई रिहाइको माग गर्दै उनीहरुको समर्थनमा नारा लगाएका छन्। प्रदर्शनकारीले आफ्नो कपडा र प्लेकार्डमा रातो रंगको रिबन लगाएका छन्। जुन सू चीको पार्टीको चिन्हको रंग हो।

सोमबार सेनाले गरेको सत्ता कब्जापछि सू चीसहितका नेता सेनाको हिरासतमा छन्। यसअघि, सेनाले नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) पार्टीका अन्य नेतालाई पक्राउ गरिसकेको थियो।
सोमवारदेखि नेतृ सू ची सार्वजनिक रुपमा देखिएकी छैनन्। एनएलडीका एक अधिकारीका अनुसार उनलाई सेनाले घरमै नजरबन्दमा राखेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।