पोखरा । समाजसेवा, मानवता र समुदायको उत्थानमा जीवन समर्पित गरेका बरिष्ठ समाजसेवी, कर्मयोगी, भक्तराज श्रेष्ठकोयोगदानको कदर गर्दै “भक्तराज श्रेष्ठ : व्यक्ति एक, दृष्टि अनेक” नामक जीवनी पुस्तकको पोखरामा बुधबार लोकार्पण भएको छ।
समारोहमा प्रमुख अतिथि गण्डकी प्रदेश सरकारको सामाजिक विकास, युवा र खेलकुद मन्त्री बिन्दुकुमार थापाले भक्तराज श्रेष्ठको योगदानको सराहना गरे । उनले, “समाजसेवा, मानवता र समुदायप्रतिको समर्पणलाई जीवनको मुख्य ध्येय बनाउँदै समाजलाई सकारात्मक मार्गदर्शन दिनु एक उच्च आदर्शको उदाहरण हो। उहाँले समाजको हकमा गरेको योगदान अतुलनीय छ र यस पुस्तकले उहाँको जीवनको अनुभव र संघर्षलाई आम जनतासम्म पुर्याउने काम गर्नेछ।” भनि शुभकामना ब्यक्त गरे ।
मन्त्री थापाले, “भक्तराज श्रेष्ठज्यूले शान्तिघाट विकास समितिको संस्थापक अध्यक्ष, ज्येष्ठ नागरिक सरोकार समाज नेपाल तथा दर्जनौं अन्य संघ संस्थामा आवद्ध भएर समाजसेवामा समर्पण गरेका छन्। उहाँको जीवनले हामी सबैलाई प्रेरित गर्ने बताए ।
लोकार्पण समारोहमा परिबारजनका तर्फबाट ज्येष्ठ सुपुत्र पुष्पराज श्रेष्ठ, पोखरा महानगरपालिका वडा नम्बर ८ का अध्यक्ष रुद्रनाथ बराल, पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, शिक्षाबिद् प्रा डा दिलबहादुर क्षेत्री, नेप्ल उद्योगवबाणिज्य महासंघका पूर्बवअध्यक्ष आनन्दराज मुल्मी लगायतले उहांको ब्यक्तित्वको चर्चा गर्दै सम्मान र शुभकामना ब्यक्त गरेका थिए ।
पुस्तक भित्र स् पुस्तकमा भक्तराज श्रेष्ठको जीवन, संघर्ष र समाजसेवा गर्ने उदात्त उद्देश्यका बारेमा चर्चा गरिएको छ। पुस्तकमा श्रेष्ठको कार्यशैली र दृष्टिकोणलाई उजागर गरेको छ। पुस्तकले उहाँका कर्मयोग र भक्तियोगका पक्षलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको छ।
बगालेटोल टोल विकास संस्थाका अध्यक्ष श्यामकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको साथ अन्य समाजसेवी व्यक्तिहरूले सम्मान व्यक्त गरे। पुस्तक रबिन्द्र माकाजु, त्रिभुवन शर्मा र अमृतप्रसाद मर्सानीको सम्पादन मण्डल र बगालेटोल बिकास संस्थाको प्रकाशनमा प्रकाशित गरिएको हो ।
पुस्तकले भक्तराज श्रेष्ठको जीवनको संघर्ष र सेवाभावलाई दस्तावेजीकृत गरेको छ, जसले वर्तमान र भविष्यका पुस्तालाई प्रेरित गर्ने विश्वास गरिएको छ। यसले न केवल उहाँको योगदानलाई उजागर गर्नेछ, बरु समाज निर्माणका लागि मार्गदर्शनको स्रोत बन्नेछ।
भक्तराज श्रेष्ठको जीवनका अमूल्य अनुभव र सामाजिक कार्यहरूलाई आधार मानेर लेखिएको यो पुस्तक समाजमा योगदान गर्ने अन्य व्यक्तिहरूसम्म प्रेरणा पुर्याउने उद्देश्य राख्दछ। कार्यक्रममा सहभागीहरूले भक्तराज श्रेष्ठको योगदानलाई चिरस्थायी बनाउन र उहाँको जीवनलाई समाजसेवाको आदर्शका रूपमा प्रस्तुत गर्ने महत्वाकांक्षा व्यक्त गरेका छन्।
पुस्तकको खण्ड ( क) जीवनवृत्त लेख :
अनुकरणिय समाजसेवी भक्तराज श्रेष्ठ : सङ्क्षिप्त चर्चा ( प्रा।डा। दिलबहादुर क्षत्री
भक्तराज श्रेष्ठः एक कर्मयोगी ( त्रिभुवन शर्मा
ड्ड कर्मयोगी भक्तराज श्रेष्ठ (पीताम्बर नेपाली
ड्ड घाट निर्माणमा दत्तचित्त भक्तराज ( रवीन्द्र माकाजू
ड्ड निष्ठावान भक्तराज श्रेष्ठ ( प्रा।डा। ज्ञानबहादुर कार्की
ड्ड कर्मयोग र भक्तियोगका संगम भक्तराज ( नारायण कार्की
ड्ड भक्तिभावका भक्तराज ( कृष्णप्रसाद बास्तोला
ड्ड कर्मशील साधक भक्तराज ( नवराज सुवेदी
ड्ड अग्रज समाजसेवी भक्तराज श्रेष्ठ ( पदमबहादुर थापा क्षत्री
ड्ड भक्तराजको भक्ति ( कमल पौडेल अथक
ड्ड मैले जानेका भक्तराज ( रामप्रसाद बतास
ड्ड मैले चिनेका भक्तराज ( अम्बिकाप्रसाद भट्टराई
ड्ड परोपकारी भक्तराज श्रेष्ठ ( ई। युवराज श्रेष्ठ
ड्ड सहयोगी मनका धनी ( आनन्दराज मुल्मी
ड्ड समाजसेवी भक्तराज श्रेष्ठ ( गणेशबहादुर श्रेष्ठ
ड्ड स्वच्छ मनका धनी ( तीर्थ श्रेष्ठ
ड्ड सबैका प्रियपात्र भक्तराज ( सुशील गोशली
ड्ड सामाजिक अभियन्ता भक्तराज ( रामचन्द्र थापा
ड्ड सामाजिक कार्यमा भक्तराज ( हरिदेवी कोइराला
ड्ड सामाजिक व्यक्ति भक्तराज श्रेष्ठ ( पीताम्बर बराल
ड्ड मूर्धन्य व्यक्तित्व ( चन्द्रकान्त बराल
ड्ड समाजका अमूल्य निधि ( शंकर खराल
ड्ड राष्ट्रका एक अमूल्य मानवसम्पदा भक्तराज श्रेष्ठ ( विष्णुप्रसाद पौडेल
ड्ड समाजसेवी भक्तराज श्रेष्ठ ( अधिवक्ता अनन्तप्रसाद कोइराल
खण्ड ( ख ९कविता०स्
ड्ड कर्मयोगी भक्तराज ९कर्खागीत० ( प्रेम कुमारी अर्याल
ड्ड भक्तराज र म ( अशोक रायमाझी
ड्ड ओजस्वी(भक्तराज ( धर्मराज पौडेल
ड्ड अल्पायु ( समाजसेवी भक्तराज
ड्ड सेवामा दिन बित्दछ ( भरत श्रेष्ठ
ड्ड मुक्तक ( अल्पविराम पोखरेली
ड्ड कर्मठ भक्तराज दाजु ( श्यामलाल श्रेष्ठ
ड्ड दीर्घायुको आर्शिवाद ( मेनुका श्रेष्ठ
खण्ड ( ग) पारिवारिक अनुभूति :
ड्ड कर्मशील श्रीमान ( मोहनमाया श्रेष्ठ
ड्ड अविश्रान्त कर्मशील पिता ( सबैका प्रिय हजुरबुबा
ड्ड भक्तराज श्रेष्ठको पारिवारिक वंशावली ( भक्तराज श्रेष्ठका परिवारका सदस्य
खण्ड ( घ) हार्दिक बधाई तथा शुभकामना :
र खण्ड ( ङ) मा भक्तराज श्रेष्ठसँग सम्बन्धित तस्विर, प्रमाणपत्र तथा सम्मानपत्रहरु रहेको छ ।
संघ संस्थामा आवद्दता :
भक्तराज श्रेष्ठका सल्लाहकारका रूपमा विभिन्न संस्थाहरूमा महत्वपूर्ण योगदान रहेको छ। रामघाट ९नयाँबजार० धार्मिक क्षेत्र विकास समिती, पाखरा(९, श्री गलेश्वर शिव मन्दिर, फलेपाटन, टुटुङ्गा, पोखरा(१५, बहुउद्देश्यीय शान्तिघाट क्षेत्र विकास समिति, पोखरा(९, मनकामना तथा शिव मन्दिर, डदुवाखर्क, पोखरा(१४, विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति, पोखरा(१ लगायतका थुप्रै संस्थाहरूमा उनका अनुभव र मार्गदर्शनका कारण संस्थाहरूको विकासमा सकारात्मक प्रभाव परेको छ।
राम मन्दिर सेवा समिति, नयाँबजार, पोखरा(९, विन्ध्यवासिनी प्राकृतिक चिकित्सालय, गुठीबारी, पोखरा(१, भुमेश्वर शिव मन्दिर, पुम्दीकोट, पोखरा(२२, बुढानीलकण्ठ मन्दिर संरक्षण समिति, पोखरा(४, श्री केदारेश्वर शिव मन्दिर, बैदाम, पोखरा(६, श्री गलेश्वर शिव मन्दिर, फलेपाटन, टुटुङ्गा, पोखरा(१५, श्री वात्स्यायन वृद्धाश्रम समिति, वाच्छेवुडुवा, पोखरा(१५, श्री पशुपति मन्दिर, सिमलचौर, पोखरा(८ जस्ता धार्मिक र सामाजिक संस्थाहरूमा पनि उनको सल्लाह र सहयोगको महत्वपूर्ण भूमिका रहेको छ।
श्री मनकामना मन्दिर, मालेपाटन, पोखरा(५, श्री भैरव सांस्कृतिक संरक्षण समिति, भैरवटोल, पोखरा(२, श्री पुष्करेश्वर शिव मन्दिर, मासवार, पोखरा(७, श्री सिद्धेश्वर शिव मन्दिर, दुर्गेसाँघु, पोखरा, श्री संगीत प्रशिक्षण केन्द्र, पोखरा, शव मन्दिर समिति, नालामुख, पोखरा, श्री गोपालजी मन्दिर, रामकृष्ण टोल, पोखरा(४, श्री राष्ट्रिय परोपकार महासङ्घ, दुगेसाँघु, श्री बगालेटोल सामुदायिक भवन निर्माण, श्री राधाकृष्ण मन्दिर, भारतिय पेन्सनक्याम्प, पोखरा(१० लगायतका धार्मिक र सामाजिक संस्थाहरूमा उनका योगदानले संस्थाहरूको उद्धार र उत्थानमा ठूलो योगदान पुर्याएको छ।
श्री पूर्व कर्मचारी परिषद, पोखरा, कास्की, श्री तालबाराही मन्दिर समिति, बैदाम, पोखरा(६, श्री ईशानेश्वर शिव मन्दिर, करापुटार, लमजुङ, श्री नारायणस्थान धार्मिक क्षेत्र विकास समिति, नदीपुर, पोखरा, श्री कृष्णप्रणामी मन्दिर, रत्नचोक, पोखरा(८, श्री भद्रकाली मन्दिर समिति, कुँडहर, पोखरा, कास्की, श्री सामुदायिक सेवा केन्द्र, पृथ्वीचोक, पोखरा, श्री सिद्धार्थ टोल विकास संस्था, सिद्धार्थचोक, पोखरा, श्री जगतगुरू आश्रम गोपालधाम लक्ष्मीधारा, पोखरा(१८, श्री शिवमन्दिर संरक्षण समिति, सराङ्गकोट, नेवा खलः कास्की, पोखरा, श्री सिद्धार्थ क्लब, सिद्धार्थचोक, पोखरा, श्री ओमशान्ति नयाँबजार लगायतका संस्थाहरूमा पनि भक्तराज श्रेष्ठको सहयोग र सल्लाहद्वारा संस्थाहरूको विकास र सुधार भएको छ।
यसरी भक्तराज श्रेष्ठका विभिन्न संस्थामा सल्लाहकारका रूपमा व्यापक सहभागिता रहेको छ, जसले धार्मिक, सांस्कृतिक, र सामाजिक कार्यमा ठूलो योगदान पुर्याएको छ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







