पोखरा, फागुन ७
पोखरा महानगरपालिका वडा नम्बर–१८ सेदीमा प्रहरी विट स्थापना भएको छ । पोखराको लेकसाईडबाट नजिकै रहेको सेदीमा व्यवसायी युवराज खतिवडा र स्थानियको पहलमा प्रहरी बिट स्थापना भएको हो । नवनिर्मित प्रहरी विटको बुधबार गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) भोलाबहादुर रावलले उद्घाटन गरे ।

सेदीको वाई.यु.के.सुपर मार्केटकै प्राङ्गणमा निर्माण गरिएको प्रहरी विटमा ६ जना प्रहरी रहने जनाइएको छ । करीब १६ लाखको लागतमा बनेको प्रहरी विटमा कार्यालय, भान्सा कोठा, सुत्ने कोठा, शौचालय र बाथरुमपनि रहेका छन् । त्यसबाहेक गैह्राको चौतारादेखि रातोमाटेसम्म १२ वटा गुणस्तरीय सिसी क्यामरापनि जडान गरिएका छन् । प्रहरी विट रहेको स्थानमा प्रहरी विट व्यवसायी युवराज खतिवडाले बनाई दिएका हुन् भने त्यहाँ चाहिने आवश्यक सामग्रपनि आफूले नै व्यवस्थापन गरेको उनले बताए । त्यसबाहेक सिसी क्यामरालगायतका खर्च भने हाललाई आफूले दिएपनि स्थानियले अर्थ संकलन गरेर फिर्ता गर्नेगरी गरिएको उनको भनाई छ ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख डिआईजी भोलाबहादुर रावलले शान्ति सुरक्षा कायम गर्ने पहल अन्तर्गत प्रहरी विट निर्माण भएको भन्दै यसमा आवश्यक जनशक्ति व्यवस्थापन चाँडै गर्ने प्रतिबद्धता जनाए ।
कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलीयाले सेदीमा शान्ति सुरक्षा कायम गर्न प्रहरी विट बनेपछि सजिलो हुने बताए ।
वडा प्रहरी कार्यालय वैदामका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष निरौलाले जनशक्ति व्यवस्थापन गरेर सेदीको शान्ति सुरक्षा चुस्त बनाइने बताए ।
सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष भीम पराजुलीले प्रहरी विट नहुँदा असुरक्षित महशुष गर्ने गरेपनि अबदेखि त्यसको चिन्ता नहुने विश्वास व्यक्त गरे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा। नेपाली कांग्रेस नेतृ हस्तमाया नेपालीको निधन भएको छ। केही वर्षदेखि क्यान्सर…







