पोखरा । ४३ औं नेपाल मगर एकता दिवसको अवसरमा पोखरामा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइएकोछ । नेपाल मगरसंघ कास्की जिल्लाको आयोजनामा विहीबार पोखरा रंगशालामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि गण्डकी प्रदेशका उप–सभामुख विना कुमारी थापा मगरले गरेका थिए।

कार्यक्रममा बोल्दै उनले आफ्नो अधिकार सुनिश्चितका लागि मगर तथा आदिवासि जनाजातिहरुले ध्यान दिनुपर्नेमा जोड दिए । उनले आफ्नो भाषा सस्कार संस्कृति रितिरिवाज संरक्षण गर्नुपर्नेमा समेत ध्यान दिनुपर्नेमा जोड दिए । गण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाज गर्न सकेको अवस्थामा यसले पनि भाषा संरक्षणमा टेवा मिल्नुका साथै फाइदा हुने उनको विश्वास रहकोछ ।
गण्डकी प्रदेश सरकारले पनि मगर र गुरुङभाषालाई सरकारी कामकाजको रुपमा ल्याउनका लागि विभिन्न सम्बन्धीत निकायहरुसँग छलफल गरी विद्येयकको रुपमा ल्याउनका लागि अन्तिम तयारी अवस्थामा रहेको उनले जानकारी दिए ।
विशेष अतिथि पूर्व मन्त्री उत्तम पनुन मगरले अनाआवश्यक विचार राख्ने व्यक्तिहरुले मगरहरुलाई फुटाउन खोजोको बताउदै उनले सवै मगरहरुलाई सचेत हुनुका साथै सवै मगरहरुलाई एक हुनका लागि आग्रह गरे।
कार्यक्रममा मगरसंघका सल्लाहकार बालकृष्ण काउछा मगर नेपाल आदिवासी जनाजाति समन्वय समिति गण्डकी प्रदेशका अध्यक्ष धर्म बहादुर गुरुङ, महा–सचिव सुजन कुमार लामा, नेपाल मगरसंघ कास्कीका पूर्व अध्यक्ष संगिता पुन मगर लगायतले प्रथम सहिद क्याप्टेन लखन थापा मगर आदिवासी जनजाति भएकै कारण उनको स्मृति दिवस मनाउनका लागि राज्यले आनाकानी गरिएको औल्याउदै उनले स्मृति दिवस राज्यले नै मनाउनुपर्ने बारे बोलेका थिए ।
उक्त कार्यक्रमको अवसरमा मगर सामुदायमा आधारीत विविध मौलिक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्य वहाक अध्यक्ष अनेरी सुव्दार मेजर चन्द्र बहादुर पुन मगरको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष क्याप्टेन भक्त बहादुर पुन मगर र सह–सचिव द्धय शिव थापा मगर र भिम कुमारी पुन मगरले कार्यक्रम सञ्चालन गरिएको थियो ।
कार्यक्रम हुनु अघि पोखराको चिप्लेढुंगा स्थित मानव अधिकार चोक देखि निकालिएको ¥याली महेन्द्रपुल, नयाँबजार, लखनचोक हुँदै कार्यक्रम स्थलमा पुगेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







