पोखरामा आज एलजी फेष्ट हुँदै


     एभरेस्ट आवाज    
     फागुन १६ गते २०८१ मा प्रकाशित




पोखराको अमरसिंह ग्राउन्डमा आज दोस्रो संस्करणको एलजी फेस्टिभल २०२५ आयोजना हुँदैछ ।

यो फेस्टिभलको पहिलो संस्करण हङकङ, अमेरिका, जापान, बेलायत, अस्ट्रेलिया, कतार लगायत विभिन्न देशहरूमा सफलतापूर्वक सम्पन्न भइसकेको छ । अन्तर्राष्ट्रियस्तरमा शानदार सफलता पाएपछि अब यो फेस्ट पोखरावासीका लागि भव्य रूपमा आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । महोत्सवमा नेपालका चर्चित कलाकारहरूको प्रस्तुती रहनेछ । आयोजकका अनुसार आज एलजी फेष्टमा जोह्न एण्ड दि लोवलस, पुर्ण राई एण्ड दाजुभाईहरु, एमटी ८८४८ व्याण्ड घन्किनेछन ।

अन्तर्राष्ट्रिय सफलतापछि नेपालमा पहिलो पटक आयोजना हुन लागेको म्युजिक फेस्टिभलमा लाइभ म्युजिक, स्वादिष्ट खानाका परिकार, विशेष पेय पदार्थ र मनोरञ्जनका कार्यक्रमहरू हुनेछन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।