पर्वतको जलजला गाउँपालिका–३ मल्लाज माझफाँटको भुरतुलामा १० श्ययाको अस्पताल भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।
‘एक पालिका, एक अस्पताल’ कार्यक्रमअन्तर्गत जलजला गाउँपालिकाले मल्लाज स्वास्थ्य चौकी परिसरमा तीन वटा पक्की भवन निर्माण गरेको हो । भवनको ९५ प्रतिशत निर्माण कार्य पूरा भएको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताए ।
भवनको लागत मूल्यअभिवृद्धि करसहित रु नौ करोड ७३ लाख ६४ हजार ८१३ छ । पालिकालाई भवन हस्तान्तरण भएपछि सङ्घीय सरकारको सहयोगमा उपकरण र जनशक्ति व्यवस्थापन गरी अस्पताल सञ्चालन गर्ने योजना उपाध्यक्ष आचार्यले सुनाए ।
अस्पताल सञ्चालन भएपछि जलजला गाउँपालिकाको १, २, ३, ४, ५ र ६ नम्बर वडामा पर्ने बाँसखर्क, माझफाँट र लेकफाँट, शालिजाका बासिन्दाका साथै आसपासका क्षेत्रका सर्वसाधारण लाभान्वित हुनेछन् । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा। नेपाली कांग्रेस नेतृ हस्तमाया नेपालीको निधन भएको छ। केही वर्षदेखि क्यान्सर…







