सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस


     एभरेस्ट आवाज    
     फागुन २० गते २०८१ मा प्रकाशित




सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला रू एक हजार चार सय र चाँदी प्रतितोला रू २५ बढेको हो ।

सोमबार प्रतितोला रू एक लाख ६८ हजार एक सयमा कारोबार भएको सुन आज बढेर प्रतितोला रू एक लाख ६९ हजार पाँच सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यसैगरी आज चाँदी प्रतितोला रू एक हजार नौ सय ४० मा किनबेच हुने महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार आठ सय ९२ अमेरिकी डलर हाराहारीमा कारोबार भईरहेको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।