पोखरा । भूपू अन्तर बटालियन भलिबल प्रतियोगितामा १/५ जिआर च्याम्पियन बनेको छ । भारतीय पेन्सन क्याम्प रामबजार पोखराको आयोजनामा सम्पन्न प्रतियोगितामा ६/८ जिआर दित्तीय तथा २/९ जिआर तृतीय स्थानमा रहे ।
फागुन ७ गतेदेखि सुरु भएको प्रतियोगितामा गण्डकी प्रदेशभित्र र बाहिरका २३ वटालियन सहभागी थिए । उपाधिसँगै १/५ जिआरले १ लाख रुपैयाँ नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता ६/८ जिआरले ५० हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र तथा तृतीय स्थान हासिल गर्ने २/९ जिआरले २५ हजार नगद प्राप्त गर्यो । प्रतियोगिता लिग कम नकआउट प्रणालीमा संचालन गरिएको थियो ।
पुरस्कार वितरण समारोहमा भारतीय दूतावास पेन्सन वितरण केन्द्र रामबजारका प्रमुख कर्णेल प्रशान्त सिंह बघेल, नेपाल एसबिआई बैंक गण्डकी प्रदेश प्रमुख मिनबहादुर गुरुङ, एभरेष्ट बैंक पोखराका प्रमुख उज्वल शर्मा, सिटिजन लाइफ इन्स्योरेन्सका बजार प्रमुख भूषण रिमाल लगायतले विजेता टोलीलाई पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगिताका पहिलो पुरस्कार नेपाल एसबिआई बैंक, दोस्रो एभरेष्ट बैंक र तेस्रो सिटिजन लाइफ इन्स्योरेन्सले प्रयोजन गरेका थिए ।
भारतीय दूतावास पेन्सन वितरण केन्द्र रामबजारका प्रमुख कर्णेल प्रशान्त सिंह बघेलका अनुसार जागिरको समयमा कायम हार्दिकता र अनुशासन निवृत्त जीवनमा पनि निरन्तर राख्न प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताले पूर्व सैनिकको स्वास्थ्य र जीवनशैलीमा सकारात्मक प्रभाव पार्ने उनले बताए ।
वटालियन भित्रकै राष्ट्रिय रेफ्रीहरूले सञ्चालन गरेको प्रतियोगितामा दैनिक ८ वटालियनको ४/४ म्याच खेलाइएको थियो । २२ वटा भूपू वटालियन र आयोजक पेन्सन वितरण केन्द्र रामबजारको टिम सहभागी भएका थिए ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







