पोखरा । मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलाइन्स) को छैठौं राष्ट्रिय महाधिवेशनले विदुर सुवेदीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ ।
काठमाडौंमा फागुन २१ र २२ गते भएको महाधिवेशनले सुवेदीको नेतृत्वमा ९ सदस्य पदाधिकारीसहितको नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा गण्डकी प्रदेशकी मञ्जु गुरुङ, मधेश प्रदेशका मो। नइम अन्सारी महासचिवमा गण्डकीका तिमोत्तम पौडेल, उपमहासचिवमा बागमती प्रदेशका नरेन्द्र डंगोल र संगठन सचिव मधुसुदन सापकोटा बागमती, प्रचार सचिवमा लुम्बिनी प्रदेशका प्रदिपकुमार लामिछाने, विदेश सचिवमा बागमतीका रोशना खड्का र सचिव अर्थमा कोशीका पिवन्त न्यौपाने न्यौपाने निर्वाचित भएका छन् ।
त्यसैगरी इन्चार्जहरुमा रुद्र सिटौला कोशी, कृष्ण लामा मधेश, रत्न कंडेल बागमती, अनन्त श्रेष्ठ गण्डकी, प्रभातकुमार ठकुरी लुम्बिनी, दिपेन्द्र प्रकाश डिसी कर्णाली र कोमल निरञ्जन भाट सुदूरपश्चिम रहेका छन् ।
त्यसैगरी ६५ सदस्य केन्द्रीय कार्यसमितिमा खुल्ला केन्द्रीय सदस्यमा कास्कीका सवनम शर्मा, भुगोल (गण्डकी) मा पदमराज पहारी र लेखा समिति अध्यक्षमा रामचन्द्र पौडेल निर्बाचित भएका छन् ।
अधिकार एलाइन्स सत्तारुढ नेकपा एमालेको जनसंगठन हो ।



सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







