पोखरा । कंडेल समाज कास्कीको अध्यक्षमा शुक्रराज कंडेल चयन भएका छन् । आइतबार पोखरामा सम्पन्न समाजको दोश्रो साधरण सभा तथा अधिवेशनले कंडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
संस्थाको उपाध्यक्षमा माधव प्रसाद कंडेल, सचिवमा अनन्त कंडेल, सह–सचिवमा बीरभद्र कंडेल कोषाध्यक्षमा निरा कंडेल चयन भएका छन् । यस्तै सदस्यहरुमा डा. भानु कंडेल, पूर्णदीप कंडेल, खीमलाल कंडेल, टीकाराम कंडेल, फणिन्द्र कंडेल छन् ।
यसअघि अधिवेशनको पोखरा– ३१ वडाध्यक्ष ढकनाथ कंडेलले उद्घाटन गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै उनले नेपालभरका कंडेलहरु कंडेल बन्धुहरुको विकासका लागि सबैले आफ्नो क्षेत्रबाट सक्रियताका लागि लाग्न आग्रह गरे । उनले भातृत्वको विकासका लागि देशभर छरिएर रहेका कंडेल बन्धुहरुलाई संस्थामा आवद्ध बनाउने किसिमले अगाडी बढ्न आग्रह गरे ।
कार्यक्रममा कंडेल समाज नेपालका केन्द्रिय अध्यक्ष चन्द्रप्रसाद कंडेल, सचिव डा. श्री प्रसाद कंडेल, भारद्वाज आश्रम गैडाकोटका संरक्षक रमाकान्त कंडेल , उपाध्यक्ष काशीनाथ कंडेल संस्थाका अध्यक्ष शुक्रराज कंडेल , उपाध्यक्ष माधव प्रसाद कंडेल, डा. भानुभक्त कंडेल लगायतले संस्थाको उद्देश्य र गर्दै आएका कार्यहरुका बारेमा बोलेको सह–सचिव बीरभद्र कंडेलले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







