२७ काठमाण्डौं । भारतमा आयोजना हुने साफ यु–१९ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल र भारत एकै समूहमा परेका छन् ।
काठमाडौँको सोल्टी होटलमा आज आयोजित एक कार्यक्रम सार्वजनिक गरिएको ‘ड्र’ मा नेपाल समूह ‘बी’ मा परेको हो । नेपालको समूहमा भारतसँगै श्रीलङ्का छ ।
त्यस्तै समूह ‘ए’ मा माल्दिभ्स, भुटान र साविक विजेता बङ्गलादेश छन् । यस प्रतियोगितामा पाकिस्तान भने सहभागी हुने छैन । भारतको अञ्चल प्रदेशमा हुने उत्त प्रतियोगिता अगामी मे ९ देखि १८ तारिखसम्म हुने तय भएको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराबाटै निर्माण गरिएको नेपाली चलचित्र ‘बुकी फूल’को सम्पूर्ण छायांकन सम्पन्न भएको छ।…







