वर पिपल चौतारी संरक्षण गर्दै लामाचौरका आचार्य परिवार


     एभरेस्ट आवाज    
     चैत्र १ गते २०८१ मा प्रकाशित




पोखरा । पोखरामा रहेका प्राचीन चौतारा र वर पिपल मासिंदै गईरहेको बेला पोखराका बावुरामआचार्यको परिवार भने चौतारी संरक्षणमा जुटेका छन्।

लामाचौर निवासी नेपाल सरकारका पुर्व सचिव एवं प्रशासनविज्ञ आचार्य र उनका छोरा राजेशले पोखरा १९ घार्मीस्थित ओमकारेश्वर महादेव मन्दिर परिसरमा वर , पिपल र समी सहितको चौतारी निर्माण गरिदिएका छन्। त्यहाँ पुग्ने भक्तजन र पर्यटकलाई सुविधा पुग्ने र धार्मिक कार्यका लागि महत्वपूर्ण मानिने वोट विरुवाको संरक्षण गर्ने उद्देश्यले चौतारी निर्माण गरिएको आचार्यले बताए ।

नौं वर्ष अघिको सोच अहिले आएर पुरा भएको छोरा राजेशले बताए । नवनिर्मित चौतारीको धार्मिक परम्परा अनुसार विधि पुर्वक प्रतिष्ठा गरिएको छ। नेपाल सरकारका पुर्व सचिव आचार्य,कान्ती आचार्य राजेश आचार्य र शोभा आचार्य सहित उनको परिवारले चौतारीको प्रतिष्ठा गरेका थियो।करिव ५ लाख रुपैयाको लागतमा वर, पिपल र सम्मी सहितको आर्कषक चौतारी निर्माण गरिएको हो ।

पुरोहित सहित राखेर गरिएको कार्यक्रममा सहभागिले आचार्य परिवारको कार्य ऐतिहासिक र प्राचिन चौतारी र बोट विरुवा संरक्षणमा महत्वपुर्ण रहेको बताएका थिए। आचार्यले मन्दिरको विकास र संरक्षणमा थप सहयोग गर्न आफूहरु तयार रहेको बताउँदै, नयाँ पुस्तालाई चौतारी संरक्षणमा लाग्न आग्रह गरे ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ढुण्डिराज पौडेलले आचार्य परिवारले गरेको कार्य उल्लेखनीय रहेको भन्दै प्रशंसा गरे । धार्मिक कार्यका नाममा वर, पिपल र सम्मीका रुख मास्ने कार्य भएकोमा चिन्ता व्यक्त गर्दै आचार्य परिवारले यसको संरक्षण गर्न मन्दिर समिति समक्ष आग्रह गरेका छन् । चौतारी निर्माणमा मन्दिर समितिका कोषध्यक्ष तेजेन्द्र पौडेल, पुर्व कोषाध्यक्ष नन्दराज दाहाल, समाजसेवी झपेन्द्र पौडेलले सहजीकरण गरेका थिए ।

पोखरा सहित माछापुच्छ्रे र अन्नपूर्ण हिमश्रृङ्खलालाई नजिकैबाट नियाल्न सकिने सो परिसरमा मन्दिर तथा चौतारी संरक्षणका लागि विभिन्न विकास निर्माणका कार्यहरू भईरहेका छन्।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।