प्रतिनिधिसभामा विपक्षीको निरन्तर अवरोध, भोलिसम्मका लागि बैठक स्थगित


     एभरेस्ट आवाज    
     चैत्र १३ गते २०८१ मा प्रकाशित




प्रतिनिधिसभा बैठक स्थगित भएको छ । बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । विपक्षी दलहरूले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउनु पर्नाको कारण सरकारले दिनु पर्ने माग गर्दै प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।

त्यसपछि आधा घण्टाका लागि स्थगित भएको बैठक समयमै सुरु हुन नसकेपछि पुनः सूचना टाँस गरेर स्थगित गरिएको थियो । प्रतिनिधिसभा नियमावली अनुसार निर्धारित समयभन्दा दुई घण्टा ढिलो भए सभाको बैठक स्वतः स्थगित हुन्छ ।

संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले सूचना निकालेर आजै दिउँसो ३ बजे बस्नेगरी बैठक सारेका थिए ।
तर, दोस्रो बैठकमा पनि विपक्षी दलहरूले निरन्तर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।