आजको मौसम: पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव


     एभरेस्ट आवाज    
     चैत्र १५ गते २०८१ मा प्रकाशित




हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । आज बिहान कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम मूख्यतया सफा रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । आज दिउँसो ती दुवै प्रदेशका हिमाली क्षेत्रमा हल्का हिमपात तथा पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागमा मौसम आंशिक बदली रहने महाशाखाले जनाएको छ । कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागमा आज राति हल्का हिमपात र पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको छ ।

लुम्बिनी प्रदेशलगायत सुदुरपश्चिमको तराईका केही भू–भागमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ । यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।