प्रेस सेन्टरको नेतृत्वमा गण्डकीका अधिकांश सर्वसम्मत


     एभरेस्ट आवाज    
     चैत्र १७ गते २०८१ मा प्रकाशित




पोखरा, चैत १७

प्रेस सेन्टरको नया नेतृत्वमा गण्डकीका अधिकांश सर्वसम्मत चयन भएका छन् । प्रेस सेन्टर नेपालको पाँचौ महाधिवेशनमा गण्डकी प्रदेशबाट पदाधिकारीमा ३ सहित ९ जना सर्वसम्मत बिजयी भएका हुन् ।

प्रेस सेन्टर नेपालको समावेशी उपाध्यक्षमा गण्डकीका दीपक श्रेष्ठ (जलन), केन्द्रीय सचिव (गण्डकी)मा दीपक भट्टराई र लेखा आयोग संयोजकमा अमृतराज उपाध्याय सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै केन्द्रीय सदस्यहरुमा कास्कीका घनश्याम पाण्डे, कृष्ण दवाडी, बागलुङका थम्मन थापा (सन्देश), संगीता चेपाङ र लमजुङकी जुना तामाङ सर्वसम्मत निर्वाचित भए । यसैगरी लेखा आयोगको सदस्यमा पर्वतका निर्मल पौडेल सर्वसम्मत चयन भएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।