पोखरा अन्र्तराष्ट्रिय विमानस्थलबाट नियमित अन्र्तराष्ट्रिय उडान शुरु


     एभरेस्ट आवाज    
     चैत्र १८ गते २०८१ मा प्रकाशित




पोखरा अन्र्तराष्ट्रिय विमानस्थलबाट नियमित अन्र्तराष्ट्रिय उडान शुरु भएको छ । चीनको ल्हासाबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको हो ।

ल्हासाबाट १०७ यात्रु बोकेको हिमालय एयरलाइन्सको जहाज सोमबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको पोखरा अन्र्तराष्ट्रिय विमानस्थलले जनाएको छ ।

पोखरा विमानस्थल कार्यालयका अनुसार जहाजमा ३२ चिनियाँ र ७५ नेपाली नागरिक आएका हुन् । उनीहरूलाई गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेपालका लागि चिनियाँ राजदूत छेन सङलगायतले स्वागत गरेका थिए ।

पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान भर्ने पहिलो वायु सेवा कम्पनी बनेको हिमालयले पोखरा–ल्हासा रुटमा सातामा एक नियमित उडान गर्नेछ ।

विमानस्थल कार्यालयका अनुसार, जहाज मंगलबार मात्रै ल्हासाका लागि उड्ने छ ।

यसअघि पोखराबाट अन्र्तराष्ट्रिय उडान भएपनि चार्टर्ड उडान मात्रै भएको थियो । पछिल्लो क्रममा सिचुवान एयरलाईन्सले विगत २ हप्तादेखि साप्ताहिक रुपमा नियमित चार्टर्ड उडान गरिरहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।