पोखरा, २९ चैत
नेकपा ९एमाले० जिल्ला कमिटी कास्कीको आयोजनामा पोखरामा शनिबार जागरण सभा हुँदैछ । लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा तथा प्रतिगामी षड्यन्त्रविरुद्ध एमालेले चिप्लेढुंगामा बृहत् जागरण सभा आयोजना गरेको हो ।
सभाअघि ३ ठाउँबाट बृहत् र्याली निकालिने एमाले कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए । सभागृहचोक, नदीपुर, रानीपौवाबाट र्याली निकालिने र उक्त र्याली चिप्लेढुंगा पुगेर सभामा मिसिने उनले बताए । रानीपौवाबाट सुरू हुने र्यालीमा रूपा गाउँपलिका, मादी गाउँपालिका, पोखरा–१०, १२, १३, १४, १५, २०, २६, २७, २८, २९, ३०, ३१, ३१ को टोली सहभागी हुनेछन् ।
सभागृहको र्यालीमा पोखरा–५, ६, ७, ८, ९, १७, २१, २२, २३, ३३ र पोखरा–१८ र २४ को तल्लो भाग, नदीपुरमा अन्नपूर्ण गाउँपालिका, माछापुच्छ«े गाउँपालिका, पोखरा–१, २, ३, ४, १६, १९, २५ र पोखरा–१८ र २४ को तल्लो भागको टोली सहभागी हुने एमाले कास्की उपाध्यक्ष भेषराज बरालले जानकारी दिए ।
जागरण सभामा कास्कीसहित तनहुँ, पर्वत, स्याङ्जालगायत जिल्लाबाट पनि सहभागिता रहनेछ । र्यालीपछिको सभालाई नेकपा ९एमाले०का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विशेष सम्बोधन गर्नेछन् । र्यालीमा १८ हजार जनाको सहभागिता रहने गरी तयारी सकिएको उपाध्यक्ष बरालले बताए ।
जागरण सभाले गर्दा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म महेन्द्रपुल, चिप्लेढुंगा क्षेत्रमा सवारी आवागमनमा अवरोध हुनसक्ने भएकाले वैकल्पिक सडक प्रयोग गर्न एमाले कास्की सचिव दर्शन लामाले आग्रह गरे । कार्यालय, विद्यालय बन्द रहने दिन भएकाले जागरण सभाले कार्यालय र पठनपाठनमा अवरोध नगर्ने उनको भनाइ छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार १४ नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को गण्डकी प्रदेश स्तरीय एकता…






