पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भ्रष्टाचार न्यूनीकरण सरकारको प्राथमिकतामा रहेको बताए ।
प्रजातान्त्रिक विचार समाज कास्कीको १० औं अधिवेशन तथा भ्रष्टाचार न्यूनीकरण र सुशासनका बारेमा आयोजित गोष्ठीलाई आज पोखरामा उद्घाटन गर्दै उनले त्यस्तो कुरामा जोड दिए ।
संस्थागत रुपमा मौलाएको भ्रष्टाचारलाई सुन्य सहनशीलतामा पु¥याउन कठिन भएपनि न्यूनीकरण गर्न सकिने बताउँदै उनले गण्डकी प्रदेश भित्र सुशासन र भ्रष्टाचार निरुत्साहित गर्न आफूले सक्रिय भूमिका खेल्दै आएको बताए ।
समाजमा हुने विकृति हटाउन र नेपाली जनतालाई सुशासन दिन प्रदेश सरकार प्रयत्नशील रहेको बताउँदै उहाँले संगठित आवाजलाई वलियो बनाउन सकियो भने भ्रष्टाचार हट्दै जाने भनाइ उनको छ ।
प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लेले देशमा आर्थिक र नैतिक रुपमा मौलाएको भ्रष्टाचारलाई न्यूनीकरण गर्नुपर्नेमा जोड दिए । लोकतन्त्रमा जनता नै प्रमुख भएकाले उनीहरुलाई केन्द्रमा राखेर सरकार अगाडि वढ्नुपर्नेमा जोड दिए ।
संविधानविद् प्राडा विपीन अधिकारीले भ्रष्टाचार समाजमा सरल रुपमा उपस्थित भएकाले यसलाई न्यूनीकरण गर्न सरकारका प्रशासनिक निकायहरु चुस्तजुरुस्त हुनुपर्नेमा जोड दिए । नेपालको न्यायप्रणालीमा समेत ढिलासुस्ती हुँदा नेपाली जनतामा न्यायलयप्रति निरासा देखिने गरेको उनको भनाई छ ।
नेपाली काँग्रेसका नेता सोभियत बहादुर अधिकारीले समाजमा सुशासन स्थापना गर्न सक्यौ भने मात्र दलहश्रले जनताको मन जित्न सक्ने बताए । नेपालीलाई समृद्ध बनाउन तर्फ सरकारका ध्यान दिन आवश्यक छ ।
कार्यक्रमका अवसरमा संस्थामा योगदन पु¥याएवापत उक्त संस्थाका केन्द्रीय उपाध्यक्ष वासुदेव भण्डारीलाई सम्मान गरिएको थियो । उक्त अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने बताइएको छ । उक्त कार्यक्रम समाजका कास्की अध्यक्ष वीरबहादुर कार्कीको अध्यक्षतामा भएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी आर्थिक वर्ष २०८३,८४ को बजेट…






