पोखरा लेडी जेसीजले बैशाख १० गते शनिबारदेखि जेसीज सप्ताह आयोजना गर्ने भएको छ । पोखरा लेडी जेसीजले विहीबार पोखरामा पत्रकार सम्मेलन गरी यहि वैशाख १० देखि १६ गतेसम्म जेसीज सप्ताह गर्ने जानकारी दिएको हो । सप्ताहव्यापी कार्यक्रम बनाएको लेडी जेसीजले सात दिन सात फरक प्रकारका कार्यक्रम गर्ने कार्यतालिका तय गरेको पोखरा लेडी जेसीजकी अध्यक्ष जेसी अनिता थापा खड्काले जानकारी दिए ।
पोखरा लेडी जेसीजका अनुसार जेसीज सप्ताहको पहिलो दिन कन्या क्याम्पसमा औपचारिक उद्घाटन कार्यक्रम हुनेछ भने त्यसलगत्तै सोहि विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि ईपिएस तालिम सञ्चालन हुनेछ । सो कार्यक्रम जेसी ईसा आले (सिर्जना)को संयोजनमा हुने जनाइएको छ ।
सप्ताहको दोश्रो दिन पोखरा लेडी जेसीजले कौसी खेती तथा फोहोर व्यवस्थापन तालिम तथा मल वितरण कार्यक्रम गर्नेछ । पोखरा–१० को वडा कार्यालयमा आयोजना हुने सो कार्यक्रमको संयोजन जेसी सरिता भुजेलले गर्ने कार्यक्रम जेसिज सप्ताहकी मूल संयोजक नन्दकुमारी ढुंगाना (गीता)ले जानकारी दिईन् ।
सप्ताहको तेश्रो दिन विद्यार्थी लक्षित अन्नपूर्ण गाउँपालिका स्तरीय वक्तृत्व कला प्रतियोगिता हुनेछ । गाउँपालिकाको कार्यालयमा हुने सो कार्यक्रमको संयोजन जेसी रचना अधिकारीले संयोजन गर्ने उनले बताईन् ।
सप्ताहको चौथो दिन आधारभूत कानूनी सचेतना तालिम हुनेछ । पोखरा–३ नदीपुरको कार्यालयमा हुने एकल महिला लक्षित सो कार्यक्रमको संयोजन जेसी रेजिना कटुवालले गर्ने जनाइएको छ ।
सप्ताहको पाँचौं दिन पोखरा–२० को कार्यालय भलाममा ज्येष्ठ नागरिकसँग जेसीज युवा कार्यक्रम हुनेछ । ज्येष्ठ नागरिक लक्षित सो कार्यक्रमको संयोजन जेसी मलिना गुरुङले गर्ने संयोजक ढुंगानाले जानकारी दिईन् ।
यसैगरी सप्ताहको छैटौं दिन पोखरा–२२ पुम्दीभुम्दीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ । ग्रामिण क्षेत्रका महिला लक्षित गरेर हुने सो कार्यक्रमको संयोजन जेसी विनिता केसीले गर्ने जनाइएको छ ।
सप्ताहको सातौं तथा अन्तिम दिन जेसी शुभद्रा बरालको संयोजनमा पोखरा–६ लेकसाईडस्थित केदारेश्वर महादेव मन्दिरमा बटुकलाई भोजन गराउनुका साथै खाद्यान्न वितरण गरिने संयोजक ढुंगानाले बताईन् । सोहि दिन अपराह्न ४ः३० बजे रोजम्यारी किचन लेकसाईडमा एक औपचारिक कार्यक्रम गरेर सप्ताहको समापन गरिने उनले जानकारी दिईन् ।
जेसिज सप्ताह कार्यक्रम सामाजिक रुपान्तरणमा सघाउ पु¥याउने उद्देश्य राखेर तय गरिएको पोखरा लेडी जेसीजकी पूर्व अध्यक्ष विनिता सापकोटा (कमला)ले बताईन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







