“बर्तमान परिवेशमा नागरिक समाजको भूमिका” विषयक सचेतना कार्यक्रम सम्पन्न


     एभरेस्ट आवाज    
     जेठ १५ गते २०८२ मा प्रकाशित




पोखरा, जेठ १४ ।

“बर्तमान राजनीतिक, सामाजिक र आर्थिक परिवेशमा नागरिक समाजको भूमिका” विषयक एक दिवसीय सचेतना कार्यक्रम बुधबार पोखरा महानगरपालिका वडा नं. ३०, खुदीमा सम्पन्न भएको छ। कार्यक्रमको आयोजन जागरुक नागरिक समाज पोखरा ३० शाखाले गरेको हो।

कार्यक्रमका प्रमुख अतिथि वडा नं. ३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीले नागरिक समाजलाई सशक्त र उत्तरदायी भूमिका निर्वाह गर्न आह्वान गर्दै भन्नुभयो, “साँचो अर्थमा नागरिक समाज बन्न जनप्रतिनिधिहरूको कामकाजमा निगरानी, खबरदारी र सुझाव दिन जरुरी छ।”

कार्यक्रमको सभाध्यक्षता जागरुक नागरिक समाज पोखरा ३० शाखाका अध्यक्ष नारायणप्रसाद पौडेलले गर्नुभयो भने विशिष्ट अतिथिको रूपमा वडा सदस्यहरु भीमकुमारी पुन, विनोदप्रसाद लामीछाने, र उमा परियारको उपस्थिति रहेको थियो।

स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै जागरुक नागरिक समाज कास्कीका जिल्ला अध्यक्ष रामहरि ढुंगानाले नागरिक समाज र राज्य संयन्त्रबीचको सम्बन्ध, सहकार्य र पारदर्शिता निर्माणमा सचेतनाको खाँचो औंल्याउनुभयो।

पत्रकार दिपेन्द्र श्रेष्ठले कार्यक्रमको सहजिकरण गर्रिदै नागरिक समाजको ऐतिहासिक पृष्ठभूमि, वर्तमान चुनौतीहरू, जनउत्तरदायी शासन प्रणालीमा यसको भूमिकाका साथै नागरिक समाज काम, कर्तव्य र अधिकार, सामाजिक उत्तरदायित्वका विविध पक्ष प्रकाश पार्नु भएको थियो। प्रशिक्षण अन्तक्र्रियात्मक र व्यावहारिक दृष्टिकोणमा केन्द्रित थियो।

कार्यक्रमको सञ्चालन शाखा सचिव ओमकार पाण्डेले गर्नुभएको थियो।

उक्त कार्यक्रममा विभिन्न स्थानीय सामाजिक अभियन्ता, नागरिक प्रतिनिधि, युवा र महिलाहरूको उल्लेखनीय उपस्थिति थियो। सहभागीहरूले लोकतन्त्रको मजबुती, सुशासन, जवाफदेहिताको प्रवर्द्धन र समावेशी विकासमा नागरिक समाजको भूमिकालाई अझ प्रभावकारी बनाउनु पर्ने सुझाव प्राप्त भएको जागरुक नागपिक समाज कास्कीका सह सचिब सन्तोष सुबेदीले बताउनु भयो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।