पोखरा, जेठ १७
नेपाली गजल साहित्यमा विशेष योगदान पुर्याउँदै आएका गजलकार देवेन्द्र के.सी. “देबु” का गजलहरूको प्रस्तुति ‘गजल साँझ’ शनिबार पोखरामा सम्पन्न भएको छ।
नेपाल पर्यटन बोर्ड, पार्दीको हलमा आयोजना गरिएको उक्त कार्यक्रममा देबुले आफ्ना उत्कृष्ट गजलहरूबाट चयन गरिएका केहि रचनाहरू प्रस्तुत गरे। कार्यक्रममा गायक संगीतकार सन्तोष श्रेष्ठले गजलकार देबुद्वारा रचित ७ वटा गजल गाउनु भएको थियो। जसले उपस्थित स्रोता–दर्शकको मन जितेको थियो।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, गण्डकी प्रदेशद्वारा आयोजित सो गजल साँझमा पोखराका अग्रज साहित्यकार सरुभक्त, बरिष्ठ गायिका हरीदेवी कोइराला, सार्क कबि दुर्गाबहादुर शाह “बाबा” लगायत साहित्यप्रेमी, गजल पारखी, कलाकार र बुद्धिजीवी वर्गको उल्लेखनीय उपस्थिति रहेको थियो।
गजलकार देबुले विगत दुई दशकदेखि निरन्तर रूपमा नेपाली गजल साहित्यमा आफ्नो उपस्थिति जनाउँदै आएका छन्। ‘गजल साँझ’ कार्यक्रममार्फत उनले आफ्नो काव्य–यात्रालाई सांगीतिक स्वादमा प्रस्तुत गर्दै नेपाली साहित्यमा नयाँ प्रयोग प्रस्तुत गरेका छन्।
साहित्यिक गतिविधिका माध्यमबाट गण्डकी प्रदेशमा सिर्जनात्मक चेतना फैलाउने उद्देश्यले आयोजना गरिएका यस्ता कार्यक्रमहरूलाई स्थानीय समुदायले सकारात्मक रूपमा लिएको देखिएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







