पोखरा, १९ जेठ ।
गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’ लाई वैधानिकता दिएको विरोधमा सार्वजनिक यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिँदा सर्वसाधारण जनतालाई परेको असरप्रति नागरिक समाज कास्की तथा स्वयम्सेवी मानवअधिकार रक्षक सञ्जालले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
सोमबार जारी संयुक्त विज्ञप्तिमा नागरिक समाज कास्कीका तर्फबाट संयोजक नरेन्द्रमान लालचन र स्वयम्सेवी मानवअधिकार रक्षक सञ्जालका तर्फबाट संस्थापक संयोजक रामबहादुर पौडेलले हस्ताक्षर गरेका छन् ।
गण्डकी प्रदेश सरकारको गत वैशाख ३१ गतेको मन्त्रिपरिषद् निर्णयबमोजिम राइड शेयरिङ नियमावली ल्याएको थियो । सोको विरोधमा गण्डकी प्रदेशका सार्वजनिक यातायात व्यवसायीहरु गत जेठ १६ गतेदेखि एकाएक आफ्ना गाडीहरु घर ग्यारेजमा थन्क्याएर बसेका छन् । साथै, १९ गतेदेखि देशव्यापीहरुपमा सार्वजनिक यातायात व्यवसायीहरुले चक्काजाम सुरु गरेका छन् ।
सार्वजनिक यातायात नचल्दा सर्वसाधारण जनतालाई निकै सास्ती र असर परेको छ । यही मौकाको फाइदा उठाई केही इनड्राइभ राइडरहरुले पनि यात्रुसँग बढी भाडा लिने गरेको प्रहरीले समेत जनाएको छ । त्यस्तोलाई नियमन गर्न माग गरिएको छ ।
यसरी, नागरिक हक अधिकार हनन हुने गरी सार्वजनिक यातायातका साधन नचल्दा नागरिकलाई गम्भीर असर परेकोले अविलम्ब वार्ता र संवादद्वारा समस्या समाधान गरी तत्काल यातायात संचालनको माग गरिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा। नेपाली कांग्रेस नेतृ हस्तमाया नेपालीको निधन भएको छ। केही वर्षदेखि क्यान्सर…







