बेल्जियम । नेपाली जनप्रगतिशील मञ्च बेल्जियमको १३औं अधिवेशनले तमु राष्ट्रीय मुक्ति मोर्र्चा युरोप इन्चार्ज समेत रहेका मनिष गुरुङको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
बेल्जियमको लुभेन शहरमा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको अधिवेशनले संगठनको विधान संशोधन गर्दै कार्यसमिति विस्तार गर्ने निर्णय गरेको छ । बन्द सत्रबाट विधानको अनुच्छेद ४ (७) १ मा संशोधन प्रस्ताव पारित गर्दै कार्यसमितिको संख्या १९ बाट २१ मा पुर्याइएको हो। सोही अनुसार, कार्यसमितिमा तीन उपाध्यक्षहरू, तीन सचिवहरू, एक महासचिव, प्रवक्ता, कोषाध्यक्ष र सदस्यहरू गरी नयाँ संरचना तयार गरिएको छ।
मञ्चको उपाध्यक्षमा भिम सुवेदी, साबित्रा भारती र रुपेश श्रेष्ठ निर्वाचित भएका छन्। शुसिला खतिवडा महासचिवको रूपमा चयन भएकी छन्। सचिव पदमा दिलिप कुमार हमाल, रमेश दाहाल र तेज अर्याल रहेका छन्। प्रवक्ताको रूपमा दिल निशानी मगर जिम्मेवारीमा आउनुभएको छ भने कोषाध्यक्ष पदमा जीत कुमारी कुँवर निर्वाचित भएकी छन्।
सदस्यहरूमा सीता दाहाल, लक्ष्मी सुवेदी, नारायण भुर्तेल, चित्र कुमारी खतिवडा, विरेन्द्र लामा, हिमाल बुढा, विरजन बुढामगर र तारा बुढामगर चयन भएका छन्। सल्लाहकारहरूमा सतमान पुन ,श्याम बुढा मगर चयन भएका छन । अधिवेशनको निर्णयअनुसार बाँकी तीन सदस्य कार्यसमितिबाट मनोनयनमार्फत थप गरिने छन्।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाली राजदूतावास ब्रसेल्स, बेल्जियमकी राजदूत सेवा लम्सालको उपस्थिति रहेको थियो।
उहाँले आफ्नो मन्तव्यमा बेल्जियममा रहेका नेपालीहरूको संगठनात्मक एकता र सामाजिक जागरणमा नेपाली जनप्रगतिशील मञ्चको भूमिका उच्च रहेको बताउँदै नयाँ नेतृत्वलाई शुभकामना दिदै फहाँले प्रवासी भूमिमा नेपाली चिरा भएर होइन, चिना भएर चम्कनुपर्छ। एकताको बलले मात्र पहिचान मजबुत हुन्छ, भन्नुभयो।
विशेष अतिथिका रूपमा उपस्थित नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य सुरेन्द्र भुसालले अधिवेशनमा शुभकामना व्यक्त गर्दै संगठनको वैचारिक स्पष्टता र सामाजिक योगदानको प्रशंसा गर्नुभयो।“जनचेतनाको प्रवाहलाई निरन्तरता दिने यो मञ्चले युरोपभर प्रगतिशील आन्दोलनको गतिशील धरोहर बन्नेछ,” उहाँले भन्नुभयो ।
पश्चिम अन्तरमहादेशीय प्रवास प्रदेश संयोजक उदयराज गातमले शुभकामना मन्तव्यमा नयाँ नेतृत्वप्रति विश्वास प्रकट गर्दै संगठनात्मक अनुशासन र समर्पणलाई बलियो बनाउने प्रतिबद्धता प्रकट गर्नुभयो।
अर्का अतिथी प्रवास सहसॅयोजक सुष्मा भुषालले , मगर मोर्चा प्रवास इन्चार्ज र प्रवास सदस्य बिरमान मगरले भन्नुभयो, “नेतृत्व पाउनु मात्रै पर्याप्त हुँदैन, जिम्मेवारी पुरा गर्नु नै वास्तविक नेतृत्व हो। यो नेतृत्वले त्यो चुनौती पूरा गर्नेछ भन्ने विश्वास छ।”
निर्वाचन समितिका संयोजक कृष्ण तिवारी, सदस्य लोक प्रसाद दाहाल र अर्जुन अधिकारीले नयाँ कार्यसमितिको औपचारिक घोषणा गरेका थिए।
अधिबेशनमा डेनमार्कबाट उदयराज गौतम , अष्ट्रीयाबाट युरोप महासचिब धर्मरीज खतिवडा , स्पेनबाट युरोप उपाध्यक्ष गंगा भुषाल युरोप सचिब अर्जुन आचार्य ,फ्रान्स अध्यक्ष अशोक तिवारी पोर्चुगलबाट पुर्ब अध्यक्ष राज गैतम लगायत उपस्थित थिए ।
अधिवेशनको समापन समारोहमा सांस्कृतिक प्रस्तुति र शुभकामना मन्तव्यहरू प्रस्तुत गरिएका थिए। नवगठित कार्यसमितिले संगठनात्मक सुदृढीकरण, सामाजिक न्यायको प्रवर्द्धन र प्रवासी नेपालीको हकहितका लागि अझ सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ।(इन्दिरा चाम्लिङ, काजाब्लांका क्यासेल्लो, बेल्जियमको सहयोगमा)

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







