गण्डकीको नीति तथा कार्यक्रम : मुस्ताङमा हाई अल्टिच्यूड खेल मैदानमा संघ सरकारको आश


     एभरेस्ट आवाज    
     जेठ २१ गते २०८२ मा प्रकाशित




पोखरा, जेठ २१

गण्डकी प्रदेश सरकारले मुस्ताङमा हाइ अल्टिच्यूड खेल मैदान निर्माणका लागि संघ सरकारको आश गरेको छ । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आज प्रदेश सभामा आर्थिक वर्ष २०८२÷८३ का लागि निति तथा कार्यक्रम प्रस्तुत गर्दै मुस्ताङमा हाई अल्टिच्यूड खेल मैदान बनाउने जनाएका हुन् । तर सो खेल मैदान संघ सरकारको सहयोगमा हुने उनले बताए । मुस्ताङको वारागुङ, मुक्तिक्षेत्रमा निर्माण गरिने भनिएको सो खेल मैदानका लागि संघ सरकारले बजेट विनियोजन गरिसकेको छ । यो खेल मैदान गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङ नेतृत्वको सरकारले ८ वर्ष अघि योजना अघि सारेको थियो । तर बजेट विनियोजन नहुँदा सो योजना त्यसै अलपत्र पर्दै आएको छ । प्रदेश प्रमुख भट्टले पोखरा रंगशालाको स्तरोन्नती गरिनेपनि नीति तथा कार्यक्रममा उल्लेख गरेका छन् । तर त्यसका लागिपनि संघ सरकारसँगै समन्वय गरिने उनले बताए । उनले गण्डकी प्रदेशमा क्रिकेट खेल मैदान निर्माण कार्य अघि बढाईनेपनि उल्लेख गरेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।