पोखरा, जेठ २१
पोखरामा जेठ अन्तिम सातादेखि ‘प्रचण्ड कप’ भलिबल प्रतियोगिता हुने भएको छ । नेपाल स्पोर्टस एकेडेमीको आयोजनामा यहि जेठ २७ गतेदेखि ३१ गतेसम्म ‘प्रचण्ड कप’ भलिबल प्रतियोगिता हुने बुधबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिईएको हो । पोखरा रंगशालास्थित भलिबल टेक्निकल सेन्टरमा हुने प्रतियोगितामा ६ टिम सहभागि हुने आयोजक नेपाल स्पोर्टस एकेडेमीका अध्यक्ष दीपक कोईरालाले जानकारी दिए ।
प्रतियोगितामा नेपाल आर्मीको त्रिभूवन आर्मी क्लब, नेपाल प्रहरीको नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, गण्डकी प्रदेश टिम, न्यू डायमण्ड युथ स्पोट्र्स क्लब र एभरेस्ट भलिबल क्लवले सहभागिता जनाउने उनले बताए । प्रतियोगिता लिग तथा नकआउट गरेर दुई चरणमा सञ्चालन हुने जनाइएको छ । प्रतियोगी प्रत्येक टिमले विदेशी खेलाडी तीन जनासम्म सहभागि गराउनसक्ने व्यवस्था गरिएको अध्यक्ष कोईरालाले बताए ।
नेपालको राष्ट्रिय खेल भलिबल भएकाले यसको प्रवद्र्धनसँगै थप लोकप्रिय बनाउँदै खेलाडी उत्पादनमा सघाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । नेपालको राष्ट्रिय खेल भलिबल हो,अध्यक्ष कोईरालाले भने,‘नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएका बेला यो खेललाई राष्ट्रिय खेल बनाइएकाले उहाँको योगदानको कदर गर्दै उहाँकै नाममा ‘प्रचण्ड कप’ भलिबल प्रतियोगिता आयोजना गर्न लागेका हौं ।’ तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल –प्रचण्ड) प्रधानमन्त्री भएका बेला वि.सं २०७४ मा भलिबल खेललाई राष्ट्रिय खेल घोषणा गरिएको थियो ।
प्रतियोगिताको बिजेताले नगद ६ लाख, उपविजेताले नगद ३ लाख र तृतीय हुनेले नगद १ लाखसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने जनाइएको छ । त्यस्तै, र्सोत्कृष्ट खेलाडीलाई नगद ३० हजार तथा अन्य विधागत रुपमा उत्कृष्ट खेलाडीलाई नगद २०÷२० हजारसहित ट्रफी प्रदान गरिने सह–आयोजक नेपाल गणतान्त्रिक खेलकुद महासंघका अध्यक्ष शिव कोईरालाले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असोज १६ नेपाल र भारतबीच रोटीबेटीको सम्बन्ध छ । नेपाली…







