तीन वर्षको साउदी अरेबियाली प्रसिद्ध राजनीतिक अभियन्ता लुजैन अल हाथलुल बुधबार रिहा भएकी छन्।
देशको मानवअधिकारको अवस्थाबारे अन्तर्राष्ट्रिय स्तरमा हल्ला फिँजाएको भन्दै २०१८ मा उनलाई प्रहरीले पक्राउ गरेको थियो।
लुजैन तिनै अभियन्ता हुन् जसको अभियानसँगै साउदी अरेबियामा महिलाका लागि सवारी चालक अनुमतिमाथिको बन्देज फुकुवा गरिएको थियो।
उनलाई २०१८ मा पक्राउ गरी आतंकवाद कानुन अन्तरगत ६ वर्षका लागि जेल सजाय तोकिएको थियो।
तर, उनीमाथिको मुद्दा राजनीतिक रुपमा प्रेरित भएको भन्दै अधिकार समूहहरुले विरोध जनाएका थिए।
बुधबार लुजैनको रिहाइबारे साउदी अधिकारीहरुले भने कुनै प्रतिक्रिया दिएका छैनन्।
न्यायाधीशले उनको सजायको २ वर्ष छुट गरिसकेकाले यसपटक उनको रिहाइको अपेक्षा गरिएको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







