कास्कीको पुँडीटार र नवलपुरको लोकाहा खोलामा औद्योगिक क्षेत्रका लागि फेरीपनि बजेट


     एभरेस्ट आवाज    
     असार १ गते २०८२ मा प्रकाशित




गण्डकी प्रदेश सरकारले कास्कीको पुँडीटार र नवलपुरको लोकाहा खोलामा औद्योगिक क्षेत्रका लागि फेरीपनि बजेट विनियोजन गरेको छ । गण्डकी प्रदेश सरकारले वर्षौंदेखि यस क्षेत्रमा औद्योगिक क्षेत्र निर्माणका लागि बजेट विनियोजन गर्दै आएको छ । तर अहिलेसम्मपनि सो क्षेत्रमा औद्योगिक क्षेत्र सञ्चालनका लागि कुनैपनि प्रगती भएको छैन । यतिसम्मकी अहिलेसम्म जग्गा प्राप्ति नै भएको छैन ।

गण्डकी प्रदेशका अर्थमन्त्री डा.टकराज गुरुङले आज बजेट प्रस्तुत गर्दै प्रादेशिक उद्योगको विकास र प्रदेशको समुन्नतीको सोंचलाई आत्मसाथ गर्दै प्रदेश स्तरीय औद्योगिक क्षेत्र विकासका लागि लोकाहा खोला र पुँडीटारमा जग्गा प्राप्ति र निर्माण कार्यलाई अगाडि बढाईने उल्लेख गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।