पोखरामा पर्यटक बसको ठक्करबाट पैदल यात्रुको मृत्यु


     एभरेस्ट आवाज    
     असार १९ गते २०८२ मा प्रकाशित




पोखरा । पोखरामा पर्यटक बसको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका- २९ भण्डारढिकस्थित सडकमा ग.१ प.१९९ नम्बरको बसको ठक्करबाट पैदल यात्री सोही ठाउँ बस्ने ४५ वर्षीय बुद्धिबहादुर परियारको आज बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।