पोखरा
पोखरा १९ घार्मीमा रहेको महेन्द्र माध्यमिक विद्यालयले २०८१ सालको एस.ई.ई। परीक्षामा उत्कृष्ट अङ्क ल्याउन सफल विद्यार्थीलाई सम्मान गरेको छ।
उत्कृष्ट नतिजा हासिल गर्ने अयुब सुनार ३.७१ जी।पी ए।,त्रिशांक पौडेल ३.७१ जी.पी.ए। र प्रमिशा पौडेल ३ः.६८ जिपिए प्राप्त गरेका छन् भने १० जनाले ३.२ देखि ३.६ जी.पी.ए, ३ जनाले २.६६ देखि २.८८ जी.पी.ए प्राप्त गरेका छन् । उनीहरूलाई पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे, पुर्व वडाध्यक्ष शोभा मोहन पौडेल , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बैकुण्ठ पौडेल लगायतले सम्मान गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बैकुण्ठ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पोखरा १९ का वडाध्यक्ष पाण्डेले महेन्द्र मा वि।ले शैक्षिक विकासमा गरेको उदाहरणीय प्रगतिको प्रशंसा गर्दै विद्यालयको शैक्षिक विकासमा वडाले सम्भव भएसम्म हरेक क्षेत्रमा सघाउने प्रतिबद्दता जनाए । उनले सफल विद्यार्थीलाई वधाई दिदै निरन्तर शैक्षिक प्रगतिको लागि शुभकामना व्यक्त गरे ।
कार्यक्रममा बोल्दै पुर्व वडाध्यक्ष शोभामोहन पौडेलले विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थी भाइबैनी विद्यालय व्यवस्थापन समिति तथा अभिभावकहरुको लगातारको मेहनतले परीक्षाको नतिजामा अपूर्व प्रगति गरेको बताए । साथै पौडेलले सामूदायिक विद्यालयका विद्यार्थी विभिन्न अभाव का बिचमा पनि अघि बढने भएकोले उनीहरुको लगन र परिश्रमलाई उचित वातावरण मिलाउन सके उनीहरुमा धेरै क्षमता छ भन्ने कुरा अहिलेको नतिजाले देखाएको बताए ।
कार्यक्रममा विद्यालयका प्र अ बासुदेव पौडेलले बोर्ड परीक्षामा विद्यालयले विद्यार्थीका लागि अपनाएको शिक्षण प्रकृयाका विभिन्न योजनाहरु र अन्य गतिविधि माथि प्रकाश पारे । त्यस्तै विद्यालयका संस्थापक अध्यक्ष महेश्वर पौडेल ,वडा शिक्षा समितिका सदस्य लेखनाथ लामिछाने , प्राध्यापक नारायण पौडेल, ईन्द्रराज्य लक्ष्मी मा विका सह प्रधानाध्यापक बलबहादुर श्रेष्ठ, अभिभावक शोभा पौडेल , वि। व्य। स। सदस्य रमेश वि।क। लगायतले कार्यक्रममा बोल्दै सफल विद्यार्थी तथा विद्यालय परिवारलाई बधाई दिए ।
कार्यक्रममा बोल्दै एस।ई।ईमा सो विद्यालयबाट सर्वोत्कृष्ठ नतीजा ३.७१ जी।पी।ए प्राप्त गर्न सफल विद्यार्थी अयुव सुनारले विद्यालयको शिक्षण अभ्यासको प्रशंसा गरे। विद्यालयका सहायक प्रअ नन्दराज दाहालले संचालन गर्नुभएको कार्यक्रममा शिक्षक शरद सापकोटाले स्वागत मन्तव्य राखेका थिए ।
२०८१ को एस ई ई परीक्षामा १८ जना परीक्षार्थी सहभागि रहेको महेन्द्र मा वि ले ९० प्रतिशत नतीजा प्राप्त गर्न सफल भएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असार १० – अन्तर्राष्ट्रिय ओलम्पिक दिवस–२०२६ को अवसरमा नेपाल ओलम्पिक कमिटी…






