पोखरा, असार २६
गण्डकी प्रदेशका जनताले विदेशी शक्तिबाट लोकतान्त्रिक प्रणालीमाथि खतरा रहेको औंल्याएका छन् । पुरक एसियाले गण्डकी प्रदेशका जिल्लाहरुमा गरेको सर्भेक्षणमा विदेशी शक्तिबाट लोकतान्त्रिक प्रणालीमाथि खतरा रहेको औंल्याएका हुन् ।
मनाङ र मुस्ताङ बाहेक गण्डकी प्रदेशका ९ जिल्लामा गरिएको सर्भेक्षणमा अहिलेको लोकतान्त्रिक प्रणालीमाथि कोबाट खतरा छ भन्ने प्रश्नमा सबैभन्दा धेरै ४४.६ प्रतिशतले विदेशी शक्तिबाट खतरा रहेको अभिमत दिएका छन् । त्यस्तै, ठूला दलहरु कांग्रेस, एमाले, माओवादी लगायतका दलहरुबाट खतरा रहेको बताउने १८.७ प्रतिशत, धर्मनिरपेक्षता विरोधी शक्तिबाट ९.१ प्रतिशत, संघीयता विरोधी शक्तिबाट ७.१ प्रतिशत खतरा रहेको औंल्याएका छन् । गण्डकीका ६.५ प्रतिशत सहभागीले पूर्व राजाबाट, राजावादी शक्तिबाट ५.९ प्रतिशत र नया दलहरुबाट ३ प्रतिशत खतरा रहेकोपनि बताएका छन् ।
त्यस्तै, लोकतान्त्रिक प्रणालीमाथि विदेशी हस्तक्षेप कस्तो छ भन्ने प्रश्नको जवाफमा ७८.७ प्रतिशतले कुनै न कुनै किसिमले लोकतान्त्रिक प्रणालीमाथि विदेशी हस्तक्षेपको खतरा देखेका छन् । विदेशीबाट खतरा छैन भन्ने १३.४ प्रतिशत छन् भने ७.९ प्रतिशतले थाहा छैन÷भन्न चाहन्न जवाफ दिएको अनुसन्धानकर्ता तिलक पाठकले जानकारी दिए ।
लोकतान्त्रिक प्रणालीमाथि ठूला राजनीतिक दलबाट एकदमै धेरै खतरा देख्ने १८.७ प्रतिशत, अलिअलि खतरा देख्ने ३१.२ प्रतिशत छन् भने ठूला राजनीतिक दलबाटै कुनै न कुनै किसिमको खतरा देख्ने ४९.९ प्रतिशत रहेका छन् ।
लोकतान्त्रिक प्रणालीमाथि पूर्वराजाबाट धेरै खतरा देख्ने ६.५ प्रतिशत र अलि अलि खतरा देख्ने १८.८ प्रतिशत रहेकोपनि सर्भेक्षणमा उल्लेख छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असोज १५ फ्लाई दुबईले पोखरा–दुबई उडान शुरु गरेसँगै पोखरेली पर्यटन…







