भानु जयन्तीक अवसरमा ‘रूपा काव्य’ उत्सव सम्पन्न


     एभरेस्ट आवाज    
     असार २९ गते २०८२ मा प्रकाशित




२१२ औँ भानु जयन्तीको अवसरमा रूपा वाङ्मय प्रतिष्ठानले रूपा काव्य उत्सव सम्पन्न गरेको छ ।

रूपा-६, खोलाको छेउमा सम्पन्न भएको उक्त कार्यक्रममा ५ जना कविले विशेष कविता वाचन शृङ्खलामा कविता वाचन गरेका थिए भने १५ जना कविले खुल्ला सृजना वाचन शृङ्खलामा प्रस्तुती दिएका थिए ।

विशेष कविता वाचनमा डा. गणपति ओझा, नवराज अधिकारी, हरिकला गौतम, तारानाथ पराजुली र सुप्रिया खनाल रहेका थिए ।

भानुभक्त को व्यक्तित्त्वको परिचर्चा गर्दै उनको सम्झनामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रकट पगेनी स्मृति प्रतिष्ठानका अध्यक्ष टिकाराम पगेनी, लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा, महासचिव जानुका पराजुली, नागरिक परोपकार समन्वय संस्थाका सचिव शिवराज सुवेदीले शुभकामना मन्तव्य राखेका थिए ।

साहित्यकार डा. बाबुराम अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष आदर्श पोखरेलले गरेका थिए भने कार्यक्रमको संचालन संस्थाका सचिव मदन घिमिरेले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।