शुक्लाले जनकवि केशरी धर्मराज थापाको १०१ औं जन्मजयन्तीमा विशेष कार्यक्रम गर्ने


     एभरेस्ट आवाज    
     असार ३१ गते २०८२ मा प्रकाशित




पोखरा

जनकवि केशरी धर्मराज थापाको १ सय १ औं जन्मजयन्तीको अवसरमा पोखरामा विशेष कार्यक्रम गरिने भएको छ।

पोखराको बाटुलेचौरमा रहेको शुक्ला साहित्य प्रतिष्ठानले ूसम्झनामा जनकवि केशरीू विशेष स्मृति कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको सचिव रामप्रसाद पौडेलले जानकारी दिए । कवि स्वर्गीय थापाको जन्म दिनको अवसरमा यही साउन १ गते बिहान बाटुलेचौरमा स्मृतिमा शब्द, साधना र संगीतका विषयमा चर्चा गरिने बताईएको छ।

लोक साहित्य र गीत, संगीतका शिखर पुरुष जनकवि थापाले लोक संस्कृतिमा आधारित विभिन्न पुस्तक प्रकाशन गरी र विभिन्न लोक रचनामा आवाज भरेर नेपाली लोक संगीतलाई विश्व माझ चिनाएका छन्। उनले लेखेको गण्डकीका सुसेली नामक कृतिमा गण्डकी क्षेत्रका विभिन्न ठाउँको ऐतिहासिक परिचय पाउन सकिन्छ।

जीवनको अधिकांश समय लोक साहित्य रचना एवम् खोजी कार्यमा विताउनु भएका थापाले प्रतिष्ठानको स्थापना गरेका हुन्। जनकवि केशरीको स्मृतिमा प्रतिष्ठानले राष्ट्रिय पुरस्कार समेत संचालन गरिरहेको छ। उनको हरियो डाँडा माथि हलो जोत्ने साथी गीत आज पनि निकै चर्चित छ । उनले वि।सं। २०१३ मा राजा महेन्द्रबाट ुजनकवि केशरीुको उपाधि पाएका थिए ।

वि।सं। १९८१ साउन १ गते पोखराको बाटुलेचौरमा जन्मिएका थापाको वि।सं। २०७१ असोज २८ गते निधन भएको हो । उनले विसं २०२५ सालमा ूमङ्गली कुसुमू नामक ग्रन्थको लागि पद्य विधामा मदन पुरस्कार प्राप्त गरेका थिए भने २०५७ सालमा जगदम्बाश्री पुरस्कार र त्यसबाहेक वि।सं। २०२५ को इन्द्रराज्यलक्ष्मी पुरस्कार, वि।सं। २०१३ र वि।सं। २०३१मा शुभ राज्याभिषेक पदक, वि।सं। २०४१मा लोक साहित्य पुरस्कार, रत्नश्री स्वर्ण पदक लगायतका विभिन्न सम्मान पाएका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।