पोखरा ल्याउँदै गरेको झण्डै ३ केजी गाँजासहित एक जना पक्राउ


     एभरेस्ट आवाज    
     श्रावण ८ गते २०८२ मा प्रकाशित




पोखरा, साउन ८

पोखरा ल्याउँदै गरेको झण्डै ३ केजी लागूऔषध गाँजासहित मंगलबार एक जना पक्राउ परेका छन् । पृथ्वी राजमार्गहुँदै पोखरा ल्याउँदै गरेको ३ केजी ९ सय ग्राम गाँजासहित गोरखा अजिरकोट गा.पा. वडा नं.३ बस्ने बर्ष २५ को प्रकाश गुरुङलाई कास्की प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट एक हजार रुपैयाँ नगद र एउटा मोवाइलसमेत बरामद गरेको प्रहरीको भनाई छ ।

ग.६ प. १६३० नम्बरको मोटरसाइकलमा सवार उनलाई खैरो रङको नर्थ फेस झोलामा लुकाईछिपाई गाँजा ल्याईरहेको अवस्थामा पोखरा–३२ लामेआहालमा प्रहरीले खानतलासी गर्दा पक्राउ गरिएको हो ।

पक्राउ परेका गुरुङलाई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी कसूरमा ५ दिन म्याद थप गरी थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गाँजा मानव स्वास्थ्यका लागि राम्रो भएको र गाँजाबाटै समृद्दि ल्याउने भन्दै नेताहरुले भाषण गर्नेगरेका छन् । उसो त प्रदेश र संघीय संसदमा गाँजालाई वैध बनाउन आवाज बारम्बार उठ्ने गरेकोपनि छ । तर नेपालको कानूनले गाँजालाई लागूऔषधको रुपमा परिभाषित गरेर ओसारपसार तथा प्रयोगमा बन्देज लगाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।