पोखरा
पोखरा महानगरपालिका वडा नं.१९, घार्मीको गिद्ध बस्ने डाँडामा चिया खेती गरिने भएको छ।
चिया खेतीका लागि सो ठाउँको माटो र जमिन उपयुक्त रहेको एक अध्ययनले देखाए पछि वडा कार्यालयको सक्रियतामा नै चिया खेती गर्न लागिएको वडा सदस्य विकास कुमार आचार्यले जानकारी दिए। चिया खेतीका लागि शनिवार करिब ५० वटा विरूवा समेत रोपिएको छ। सो कार्यको थालनी गर्दै वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले जमिन र हावापानीका कारण पनि यो क्षेत्र चिया खेतीका लागि उपयुक्त रहेको बताउँदै, सफल भएमा आय आर्जनको गतिलो श्रोत बन्ने बताए। उनले घार्मी पर्यटकीय क्षेत्र भएकाले पनि चिया खेती थप आकर्षणको केन्द्र बन्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा वडा सदस्य दुर्गादेवी बस्नेत गौतम, विकास कुमार आचार्य, कल्पना सुनार, समाजसेवी लेखनाथ लामिछाने लगायतले यसको संरक्षण, गोडमेल र सरसफाईमा स्थानीय बासिन्दाले ध्यान दिनुपर्ने बताए।
उनीहरूले यसबाट कृषि क्षेत्र, आन्तरिक तथा बाह्य पर्यटकको आगमन र त्यहाँको पिकनिक स्पटको समेत प्रचार हुने विश्वास लिए।
शनिबार ५० वटा मात्र विरूवा रोपिए पनि केही दिन भित्रै १ हजार बढी विरूवा रोपिने बताइएको छ। चिया खेतीको विकासका लागि वडाले यस आवमा केही बजेट विनियोजन समेत गरेको जनाएको छ।
यो ठाँउमा केही दिन अघि गरिएको प्राविधिकको अनुगमन र परिक्षणबाट चिया खेती रामो हुने बताईएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







