पोखरा, साउन ११
पोखरामा श्रीमतीको हत्या आशंका आफ्नै श्रीमान पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नम्बर–२७ रठ्ठेपानी निवासी जंगे सार्की आफ्नै श्रीमती हत्या गरेको आशंकामा पक्राउ परेका हुन् । रिठ्ठेपानीको सुकुम्बासी टोलमा बस्दै आएकी श्रीमती जमुना नेपाली साउन ८ गते मृत अवस्थामा भेटिएकी थिईन् ।
शव सडेर दुर्गन्धित भएपछि स्थानियले गरेको खबरका आधारमा गएको प्रहरी टोलीले ढोका फुटाएर हेर्दा श्रीमती नेपालीको शव फेला परेको कास्की प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साउन ६ गते श्रीमान श्रीमतीबीच जग्गा बेचबिखनका विषयमा विवाद भएको थियो । विवादका क्रममा श्रीमान जंगेले श्रीमती जमुनालाई दुई मुक्का हान्नुका साथै भित्तामा ठोक्काईदिएको प्रारम्भिक अनुसन्धानमा खुलेको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलीयाले जानकारी दिए ।
घटनापश्चात सो दिन श्रीमान जंगे नजिकैको अर्को टहरामा सुत्न गएका थिए । राती झगडा गरेर अर्कै घरमा सुतेका उनी भोलिपल्ट पनि छिमेकीकोमा चिया पिएर शिसुवास्थित ठेकेदारलाई भेट्न पुगेको प्रहरीको भनाई छ । सो दिन साँझ फर्केर जंगेले खाना आफैले बनाएर खाएका तर श्रीमतीको बारेमा चासो नदिएको कास्कीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । उनले भने,‘अघिल्लो दिनपनि श्रीमतीको खोजखबर नै गरेनछ, भोलिपल्ट पनि छिमेकीकोमा गएर चिया खाएको पाइयो तर कसैलाईपनि केहि नबताएका रहेछन् ।’
प्रहरीले मृतकको शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी)मा पठाएको जनाएको छ ।
पक्राउ परेका सार्की माथि भने अनुसन्धान भइरहेको डिएसपी बस्नेतले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







