पोखरा
पोखराको पर्यटकीय स्थल घार्मीको ओमकारेश्वर महादेव मन्दिर परिषरमा वृक्षारोपण गरिएको छ। लायन्स क्लब अफ पोखरा फेवा फुलबारीको आयोजनामा भएको कार्यक्रममा पारिजात , गुलमोहर लगायतका विभिन्न प्रजातिका फूल तथा विरूवा रोपिएको थियो। कार्यक्रमको शुभारम्भ गर्दै पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले विरूवा रोपेर मात्र नहुने बताउँदै, यसको नियमित गोडमेल र संरक्षण महत्वपूर्ण हुने बताउनुभयो। उहाँले यहाँ भएको लायन्स पार्कलाई थप व्यवस्थित र सौन्दर्यकरण गर्न क्लवले भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो।
क्लवका अध्यक्ष गोविन्दराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब ३२५ जे का फस्ट भिडिजी प्रजापति बास्तोला, गण्डकी एरिया चिफ महेश श्रेष्ठ, रिजन चेयरपर्सन चेतबहादुर कुमाल, लायन्स क्लवका पुर्व अध्यक्ष कुन्दनराज शर्मा, सञ्जय बस्नेत, टोल विकास संस्थाका अध्यक्ष गोपाल प्रसाद पौडेल लगायतकाले वातावरण संरक्षणको क्षेत्रमा लायन्स क्लवले पुर्याएको योगदान अतुलनीय रहेको बताए।
सो अवसरमा क्लवले विपन्न वर्गका ७ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुका साथै मन्दिरका लागि फोहोर संकलन सामाग्री पनि हस्तान्तरण गरेको छ। उक्त सामाग्री वडाध्यक्ष पाण्डे, अध्यक्ष गोविन्दराज अधिकारीले मन्दिरका पुजारी रामचन्द्र पौडेललाई हस्तान्तरण गरे ।
सोही अवसरमा लायन्स टोलीले मन्दिर परिषरमा रहेका बोटविरुवा गोडमेल गर्नुका साथै सरसफाई समेत गरेका थिए। सो कार्यक्रमको सञ्चालन लायन दिवस पौडेलले गर्नुभएको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







