पोखरा, साउन ११ । पोखराकाे गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माविले हजुरबुबा हजुरआमा दिवस मनाएकाे छ ।

विद्यालयले विद्यार्थीका अभिभावक हजुरबुबा हजुरआमासंगै मन्टेश्वरी तथा कक्षा १, २ र ३ का विद्यार्थीहरुलाई दिवस मनएको हो । । सो अवसरमा विद्यार्थीले नृत्य तथा हजुरबुबा हजुरआमाहरु खेलमा सहभागी भइ रमाइलो गरेका थिए ।

विद्यालयक संस्थापक अध्यक्ष अशोक पालिखेले विद्यार्थीलाई सानै उमेरदेखि विभिन्न प्रकारका ज्ञानवर्धक अतिरीक्त क्रियाकलापमा संलग्न गराउने गरेको बताए । यसले अतिरीक्त ज्ञान हाँसिल हुने उनको भनाइ थियो । सानै उमेरबाट दिवसहरु, आफ्नो, संस्कार, संस्कृति, भित्रि तथा बाह्य वातावरण, सामाजिक सेवा र सत्कार लगायतका विषयहरु घुलमिल गराउन सकियो भने असल मानिस बन्न र भविष्यमा त्यसले पहिचान स्थापित गर्न सघाउनेमा उनलेे जोड दिए । उनले भने“अग्रजका कुराहरु सुन्नु पर्छ” त्यसै भनिएको होईन । उहाँहरुसंग जीवन भोगाईका थुप्रै, ज्ञानका धेरै कुराहरु हुन्छन् । अर्को कुरा बालबालिकाले हजुरबुबा हजुरआमासंगै रहन, खेल्न र कुराकानी गर्न मन पराएँछन् र उनीहरुका नजिकका माया गर्ने बालबच्चाहरु र बालबच्चाका लागि हजुरबुबा हजुरआमाहरु नै हुन्छन् ।”

हजुरबाबा हजुरआमा दिवस मनाउनुको मुख्य उद्देश्य पनि त्यहि हो । उहाँहरुप्रति सम्मान, माया, कदर र कृतज्ञता प्रकट गर्नु हो । यो दिन विशेष गरी उहाँहरूले हाम्रो जीवनमा पुर्याएको योगदानको कदर गर्न र उहाँहरूको माया, त्याग र योगदानलाई सम्झनका लागि मनाउने गरिएको छ”-उनले भने । “हाम्रो जीवनमा हजुरबाबा हजुरआमाको अनुभव, ज्ञान र माया अमूल्य हुन्छ । यस दिन उनीहरूलाई विशेष सम्मान गरिन्छ ।
परिवार, संस्कृति र मुल्यहरूको संरक्षणमा पुर्याएको भूमिका महत्वपूर्ण हुन्छ । त्यसैले यो दिन उहाँहरूप्रति आभार प्रकट गरिने गरेकाे पालिखेले बतबए ।
उनले जेठो पुस्ताबाट नयाँ पुस्तामा संस्कार, भाषा र परम्पराहरू हस्तान्तरण गर्न यस्ता दिवसहरूले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
कार्यक्रमको आरम्भमा प्रि एक र दुईका विद्यार्थीद्वारा मन्त्रोच्चारण गरिएको थियो । सो अवसरमा विद्यार्थीले विभन्न प्रकारका नृत्य नाटक प्रस्तुत गरेका थिए ।
मन्टेश्वरी इन्चार्ज अमृता आलेले सहभागिहरुलाई स्वागत गर्दै हजुरबुबा हजुरआमा घर, समाजका पहिलो गुरु भएकाे उल्लेख गरिन् । उहाँहरुमा जीवन भोगाईका धेरै ज्ञानहरु हुन्छन् जो हाम्रा लागि मार्गदर्शक बन्न सक्छन् उनले भनिन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी नदीमा गएको बाढीबाट ठूलो मानवीय र भौतिक क्षति…





