मणिपाल शिक्षण अस्पताल र सशस्त्र प्रहरी बलबीच ‘स्वास्थ्य परीक्षण योजना’मा सहमति


     एभरेस्ट आवाज    
     श्रावण १३ गते २०८२ मा प्रकाशित




पोखरा । नेपाल मणिपाल शिक्षण अस्पताल, पोखरा र सशस्त्र प्रहरी बल, नेपाल नं ४ मुक्तिनाथ बाहिनी मुख्यालय, कास्कीबीच ‘कर्पोरेट स्वास्थ्य परीक्षण सुविधा योजना’ मा औपचारिक सहमति भएको छ।

मणिपाल अस्पतालले हालै सार्वजनिक गरेको ‘व्यावसायिक प्रतिष्ठान तथा संघ–संस्था स्वास्थ्य परीक्षण योजना’ अन्तरगत दुवै पक्षबीच सहकार्यको समझदारी भएको हो।

सहमति अनुसार मणिपाल शिक्षण अस्पतालले सशस्त्र प्रहरी बलका अधिकारी तथा कर्मचारीहरूलाई लक्षित गर्दै नियमित तथा विशेष स्वास्थ्य परीक्षण सेवा सुविधा दरमा उपलब्ध गराउनेछ।

सहमति पत्रमा मणिपाल शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल अडुविल र सशस्त्र प्रहरी बल, नेपाल नं ४ मुक्तिनाथ बाहिनी मुख्यालयका तर्फबाट सशस्त्र प्रहरी उपरीक्षक (स.प्र.उ.) प्रेम प्रकाश सिग्देल ले हस्ताक्षर गरेका छन् ।

स्वास्थ्यमा सजगता र संस्थागत सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित ल्याइएको यस योजना मार्फत सुरक्षा निकायका सदस्यहरूलाई गुणस्तरीय सेवा प्रदान गर्न अस्पतालले प्रतिबद्धता जनाएको छ।

मणिपाल शिक्षण अस्पतालले हाल नागरिकका लागि विभिन्न निवारणमुखी स्वास्थ्य परीक्षण प्याकेजहरू समेत सञ्चालनमा ल्याएको छ। जनस्वास्थ्यप्रति उत्तरदायी भई अस्पतालले व्यवसायिक, सरकारी तथा गैरसरकारी क्षेत्रका लागि पनि यस्ता सहकार्य विस्तार गरिरहेको जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।