विकाशानन्द फाउण्डेशन, विश्व परिवार गण्डकी प्रदेश तदर्थ समिति गठन, संयोजकमा गुरुआमा कमलेश्वरी आनन्द


     एभरेस्ट आवाज    
     श्रावण १५ गते २०८२ मा प्रकाशित




पोखरा, साउन १५

विकाशानन्द फाउण्डेशन, विश्व परिवार गण्डकी प्रदेश तदर्थ समिति गठन भएको छ । फाउण्डेसनका सदस्यहरुको साउन १४ गते पोखरा–२३ बराङमा बुधबार भएको पहिलो भेलाले गुरुआमा कमलेश्वरी आनन्दको संयोजकत्वमा तदर्थ समिति चयन गरेको हो ।

गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धिताल तथा डा.योगी विकासानन्दको समुपस्थितिमा सम्पन्न भएको भेलाले समितिको सचिवमा प्रकाश पन्त र सदस्यहरुमा दिलिप दोषी, सोममाया गुरुङ, यज्ञ बस्याल नेपाली, विष्णु अधिकारी र मनोज कुमार अधिकारीलाई चयन गरेको छ ।

त्यस्तै लालप्रसाद श्रेष्ठ (गोरखा), यामकुमारी पराजुली(तनहुँ), योगिनी सरिता (पर्वत), दुर्गा गौतम शर्म(म्याग्दी), सरिता खड्का (बागलुङ), सुनिल पौडेल (नवलपुर), गोपालप्रसाद अधिकारी, (स्याङ्जा), विष्णुप्रसाद पौडेल आलोक, (कास्की), विष्णु अधिकारी (कास्की) र मोतीराम पौडेल (कास्की) सदस्यमा चयन भएका छन् ।

फाउण्डेसनको सल्लाहकार पनि पछि छलफल गरेर चयन गरिने उनले बताए ।

यसैबीच, फाउण्डेसनको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले विभिन्न ८ वटा विभाग पनि गठन गरेको छ । जस अनुसार संगठन विभाग प्रमुखमा दिलिप दोषी, अर्थ विभाग प्रमुखमा सोममाया गरुङ ( सोम संहिता ), वैदेशिक विभाग प्रमुखमा गुरुआमा कमलेश्वरी आनन्द, कानून विभाग प्रमुखमा युवराज पराजुली, निर्माण विभाग प्रमुखमा विष्णु अधिकारी, सञ्चार तथा प्रकाशन विभाग प्रमुखमा प्रकाश पन्त र उत्पादन विभाग प्रमुखमा गोपालप्रसाद अधिकारी तोकिएको छ ।

बैठकले गण्डकी प्रदेशका विभिन्न जिल्लाका लागि जिल्ला इञ्चार्जहरु पनि तोकेको छ । बैठकले फाउण्डेसनको कास्की जिल्ला ईञ्चार्जमा दिलिप दोषी, स्याङजा ईञ्चार्जमा गोपाल अधिकारी, पर्वत ईञ्चार्जमा योगिनी सरिता, तनहुँ ईञ्चार्जमा यामकुमारी पराजुली, बागलुङ ईञ्चार्जमा सरिता खड्का, नवलपुर ईञ्चार्जमा सुनिल पौडेल, म्याग्दी ईञ्चार्जमा दुर्गा गौतम शर्मा र गोरखा ईञ्चार्जमा लालप्रसाद श्रेष्ठलाई तोकेको छ । गण्डकी प्रदेशका बाँकी जिल्लाहरु लमजुङ, मनाङ र मुस्ताङका लागि भने पछि ईञ्चार्ज तोकिने सदस्य तथा कास्की ईञ्चार्ज दिलिप दोषीले जानकारी दिए ।

नव गठित समितिले डा.योगि विकासानन्दबाट प्रतिपादित योग, ध्यान, ज्ञान र साधना विधिमार्फत मनोक्रान्ती गरि हरेक ब्यक्तिलाई मनोवैज्ञानिक तवरवाट एक आनन्दित, शान्त र मानविय गुणले भरिपुर्ण ब्यक्तिको रुपमा रुपान्तरण गर्ने अभियानलाई हरेक जिल्ला, नगर, टोलमा पु¥याउँदै देश विदेशसम्म फैलाउने उद्देश्य राखेको छ । साथै साधनामा प्रवेश गर्ने सबैलाई मनोक्रान्ती अभियान अन्तर्गत एउटै परिवारको अभिन्न सदस्यको रुपमा जोडने उद्देश्य रहेको सदस्य दोषीले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।