पोखरा ।
पोखरा महानगर पालिका वडा नम्बर १२ को कार्यालयमा बनाइएको प्रवेशद्वार तथा बगैंचाको उद्घाटन गरिएको छ । वडा कार्यालयमा बनाइएको प्राचिन शैलीमा निर्माण गरिएको प्रवेश द्वार, बगैंचा, कम्पाउण्ड र फल्चाको आज पोखरा महानगरका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका हुन् ।

वडा कार्यालयले प्रवेश द्वार ३० लाख, बगैंचा ३० लाख, फल्चा १५ लाख र कम्पाउण्ड ६५ लाख गरेर कुल एक करोड ४० लाखको लागतमा संरचना बनाएको हो । वडा कार्यालयको प्रवेशद्वार फगत इट्टा, सिमेन्ट वा कंक्रिटको प्रयोग मात्र नभई ऐतिहासिक र सांस्कृतिक प्रतिविम्व भएको पोखरा–१२ का वडाध्यक्ष सन्तोष बास्तोलाले बताए । उनले भने,‘यो एक महत्वपूर्ण सांस्कृतिक र मौलिकताको उदाहरण हो ।’
उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले वडा नम्बर–१२ नमूना वडा कार्यालयका रुपमा विकास भएको बताए । उनले नमूना ठाउँको विकास गर्ने योजना अनुसार नै काम भइरहेको भन्दै उनले थपे,‘हामस् पोखराको पुरानो बजारलाई हेरिटेज साइडको रुपमा विकास गर्दैछौं ।’ उनले पोखरा–पञ्चासे सडक, एयरपोर्ट देखि लेकसाइडसम्मको फास्ट ट्रयाक, साइकल ट्रेल लगायतका साढे सात अर्बभन्दा बढीका परियोजना सुरु भइसकेको पनि जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







