पोखरा
पोखरा १९ घार्मीमा रहेको महेन्द्र माध्यमिक विद्यालयमा आधारभुत र माध्यमिक तहको वादविवाद प्रतियोगिता सम्पन्न भएको छ।
विद्यालयले नियमित रूपमा गर्दै आएको अतिरिक्त क्रियाकलाप अन्तर्गत भएको प्रतियोगितामा आधारभुत तह तर्फ सागर पौडेल प्रथम,आयुशा सुनार द्वितीय र प्रमेश पौडेल तृतीय तथा मावि तहमा प्रशंसा पौडेल प्रथम,कृपा पौडेल द्वितीय र हिमानी पौडेल तृतीय भएको अतिरिक्त क्रियाकलापका संयोजक रत्नाकुमारी विश्वकर्माले जानकारी दिनुभयो।
उत्कृष्ट हुन सफल विद्यार्थीलाई विद्यालयका प्रधानाध्यापक बासुदेव पौडेल, सहायक प्रअ नन्दराज दाहाल लगायतले बधाई दिदै, पढाईका साथै विभिन्न अतिरिक्त क्रियाकलापले विद्यार्थीको शैक्षिक विकासमा ठुलो भुमिका निर्वाह गर्ने बताए।
कार्यक्रममा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुले सहभागिता जनाएका थिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असार १० – अन्तर्राष्ट्रिय ओलम्पिक दिवस–२०२६ को अवसरमा नेपाल ओलम्पिक कमिटी…






