पोखरा, साउन १७ । वरिष्ठ पत्रकार बद्रीविनोद प्रतीककी पूजनीय आमा विष्णुमाया खनालको ९१ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको छ। हृदयघातका कारण पोखरा स्थित निवासमै उनको निधन भएको हो।
अन्दाजी तीन साताअघि सामान्य बिरामी परेकी उहाँको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारपछि घरमै आराम गरिरहेको अवस्थामा निधन भएको हो। गम्भीर स्वास्थ्य समस्या नरहेकी विष्णुमाया खनालले गएराति आफैं खाना खाएर आराम गरेकी थिइन्।
“आमाको स्वास्थ्यमा खासै जटिलता थिएन, तर आज एक्कासि सधैँका लागि जानु भयो,” शोकाकुल छोराले बताए।
स्व. विष्णुमाया खनालका ५ छोराहरू (वरिष्ठ पत्रकार बद्रीविनोद प्रतीक, रामजी खनाल, सुरेन्द्र खनाल, केदार खनाल र प्रेमविनोद खनाल) र २ छोरी छन् ।
स्वर्गीय खनालको शुक्रबारै रामघाटमा दाह संस्कार गरिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







