पोखरा । अग्रज प्रजातन्त्र सेनानी तथा सामाजिक रूपान्तरणका प्रेरणा श्रोत स्व. गणेश बहादुर परियारको ९१औं जन्मजयन्तीको अवसरमा शनिबार (साउन १७ गते) सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।
शनिश्वरी माई गुणी र परियार सेवा समाजको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा प्रमुख अतिथि सम्बाद नेपालका अध्यक्ष निलकण्ठ शर्माले स्व. परियारलाई ‘राष्ट्रलाई जातिभन्दा माथि राख्ने’ एक असल योद्धा भन्दै उहाँको योगदान सधैं प्रेरणाको स्रोत रहने उल्लेख गर्नुभयो। उहाँले, “हामी आज गणेश परियार जस्ता अग्रजप्रति सम्मान व्यक्त गर्दै उहाँको चेतनालाई सजिव राख्ने प्रयासमा संलग्न छौं” भन्नुभयो ।
कार्यक्रममा विशेष अतिथि पोखरा महानगरपालिकाका पूर्व मेयर भोला थापा, नेका.का नेताहरु विरेन्द्र नारायण विजुक्छे, रविन्द्र प्रजु, प्रेम कर्माचार्य, पूर्व सांसद कृष्णकुमारी परियार, दुर्गा तिम्सिना, कवि अम्बिकाप्रसाद भट्टराई, अधिवक्ता दुर्गा कोईराला, समाजसेवी महेन्द्रमान व्यथित, वडा सदस्य सवि परियार, टुकादेवी परियार, किशनराज तिवारी र राजु परियारलगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा स्व. गणेश परियारको नाममा स्थापित छात्रवृत्ति कोष मार्फत एसईई तथा कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याएका परियार समुदायका विद्यार्थीहरू जेनिशा परियार, सुसोभित दास, विजय बाग्दास, भूमिका परियार, युनिक परियार, समिता परियार, दीपिका परियार, युक्त घले र श्रीया परियारलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो।
विजय बाग्दासको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा
कार्यक्रमले स्व. गणेश परियारको स्मृतिलाई उजागर गर्दै शिक्षा, चेतना र सामाजिक उत्तरदायित्वप्रति नयाँ पुस्तामा सकारात्मक सन्देश प्रवाह गरेको आयोजक संस्थाहरूले बताएका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







