तनहुँको ऐना पहरा नजिकै बस खस्यो


     एभरेस्ट आवाज    
     श्रावण १८ गते २०८२ मा प्रकाशित




पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ(पोखरा सडकखण्डको तनहुँको ऐना पहरा नजिकै यात्रुबाहक बस मस्र्याङ्दी नदी किनारमा खसेको छ । गोरखाबाट नारायणगढका लागि छुटेको ग.२ ख. १०७७ नम्बरको बस मर्स्याङ्दी नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बसमा कति सवार छन् भन्ने यकीन नभएपनि २ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

घाइतेहरुको उद्वार कार्य जारी छ । बस मर्‍याङ्दी नदी किनारामा उत्तानो परेको अवस्थामा रहेको र यात्रुहरूको उद्धार कार्य जारी रहेको प्रहरीको भनाई छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।