पोखरा, साउन १८
पोखरा–१४ चाउथेमा रहेको कास्की मोर्डनाइज्ड एकेडेमीले कक्षा ११÷१२ मा अध्ययन गर्ने विद्यार्थीहरुको अन्तरसदनात्मक वक्तृवकला प्रतियोगिता सम्पन्न गरेको छ ।
आफ्नै प्रेक्ष्यालयमा सञ्चालित उक्त वक्तृत्वकला प्रतियोगिता नेपाली र अङ्ग्रेजी दुवै माध्यममा भएको थियो । विद्यार्थीहरु चारओटा सदनबाट नेपाली र अङ्ग्रेजी दुवै तर्फ २÷२ जना गरी जम्मा १६ जना सहभागी भएका थिए । विद्यालयका नेपाली विभाग प्रमुख निरोज के.सी.को अध्यक्षतामा सञ्चालित उक्त प्रतियोगितामा विद्यालयका संस्थापक प्राचार्य श्री रामबहादुर मोचीले संसारमा गोली भन्दा मानिसको बोली शक्तिशाली हुने हुनाले यस्तो प्रतियोगिताबाट विद्यार्थीहरुले आफूभित्रको भाव र रागलाई बाहिर ल्याई नाम र दाम दुवै कमाउन सकिनेकुरा बताए ।
प्रतियोगिता नेपाली र अङ्ग्रेजी गरी दुई चरणमा सञ्चालित भएको थियो । नेपाली तर्फ निर्णायकमा शिवु ढकाल र यादव उपाध्याय रहेका थिए भने अङ्ग्रेजीतर्फ बोधराज गौतम र इन्द्र भूषाल रहेका थिए ।
उक्त प्रतियोगितामा नेपाली भाषातर्फ हरियो सदनबाट सुविक्षा हिराचन प्रथम, सेतो सदनबाट प्रतिक्षा सार्की द्वितीय र रातो सदनबाट अँन्शु थापा तृतीय भए । त्यसैगरी अङ्ग्रेजी तर्फ हरियो सदनबाट प्रेना गुरुङ प्रथम, सेतो सदनबाट एलिसा श्रेष्ठ द्वितीय र रातो सदनबाट कृष्टी तामाङ तृतीय भए ।
उक्त कार्यक्रममा अध्यक्षको आसनबााट बोल्दै निरोज के.सीले विद्यार्थीहरुले केवल पाठ्य पुस्तक पढ्नु मात्र सिक्नु नभइ यस्ता कृयाकलापबाट बास्तविक जीवन सिकिने कुरा बताए । कार्यक्रमको सञ्चालन शैक्षिक प्रमुख शिबु ढकालले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ ८ नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी (नेकपा एमाले)…





