पोखरा
नेपाली नारीको सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा पोखराको बाटुलेचौरमा ऐतिहासिक तीज मेला हुने भएको छ।
वडा कार्यालय, पोखरा १६ को समन्वयमा आगामी भदौ ९ र १० गते स्थानीय बाटुलेचौर खेल मैदानमा ऐतिहासिक बाटुलेचौर तीज मेला गर्न लागिएको वडा सदस्य राजकुमारी बानियाँले जानकारी दिनुभयो परापूर्वकालदेखि बाटुलेचौरमा हुदै आएको मेलालाई निरन्तरता दिन र पर्वको धार्मिक तथा सांस्कृतिक पक्षलाई जोगाउन पनि २ दिनसम्म मेला संचालन गर्न लागिएको बानियाँले बताउनुभयो।मेला संचालनका लागि भएको भेलाले वडा सदस्य बानियाँ संयोजक र मञ्जु नेपाली सहसंयोजक रहेको मुल समिति र विभिन्न ८ वटा उपसमिति गठन गरेको छ।

आर्थिक व्यवस्थापनमा अनिल बस्नेत, प्रचार प्रसार उपसमितिमा मोहन थापा, स्वास्थ्यमा दुर्गा केसी थापा, लोक नृत्य व्यवस्थापनमा रामबहादुर बानियाँ, मञ्च व्यवस्थापनमा गुरूदत्त भट्टराई, महिला दौडमा नन्दा गुरुङ, खाजा व्यवस्थापनमा कमला तिमिल्सिना र तीज गीत तथा सांस्कृतिक कार्यक्रम व्यवस्थापन सचिवालयले गर्ने गरी संयोजक तोकिएको बताईएको छ।मेलाको पहिलो दिन भदौ ९ गते बिहान मैदान देखि महेन्द्र गुफासम्म प्रभातफेरी र महिला दौड, विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, १० गते मेलाको मुख्य आकर्षणको रुपमा समुहगत तीज गीत प्रस्तुती एवं सांस्कृतिक कार्यक्रम गरिने प्रचार प्रसार संयोजक मोहन थापाले जानकारी दिनुभयो।
भेलामा बोल्दै वडा सदस्य राजकुमारी बानियाँले तीज मेलालाई मौलिक र ऐतिहासिक बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताउँदै, मेला बाटुलेचौरको परम्परासँग जोडिएको बताउनुभयो। संस्कृतिकर्मी रामबहादुर बानियाँले तीज पर्व दु:ख, सुख बिसाउने चौतारी भएको स्पष्ट पार्दै, यसको मौलिक र सांस्कृतिक पक्षलाई जोगाउनु पर्नेमा जोड दिनुभयो।विभिन्न उपसमिति गठनसँगै मुल समितिले मेलाको तयारी शुरु गरेको जनाएको छ। वडा कार्यालय संरक्षक रहेको सो मेला अघिल्लो वर्ष पनि नागरिक स्तरबाटै भएको थियो।
शाह वंशको राजा कुलमण्डन शाहको पालादेखि नै बाटुलेचौरमा लामाचौर, अर्मला, घार्मी, कुरेचौर, हरिपाउँ, जुम्लेटी, भलाम लगायतका क्षेत्रका महिला जम्मा भएर तीज गीत गाउने प्रचलन रहेको जानकारहरु बताउँछन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







