सन्देश श्रेष्ठ
पोखरा, साउन २५
पोखरामापनि आज गाईजात्रा निकालिएको छ । नेवारी समुदायका एक वर्ष भित्र आफन्त वितेका परिवारबाट निकालिने गाईजात्रा यस वर्ष पोखरामापनि निकालिएको हो । पोखराका गाउँगाउँबाट गाईजात्रा निकालिएको नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले जानकारी दिए । तर यति नै संख्यामा गाईजात्रा निकालिएको भनेर भन्न नसकिने उनको भनाई छ । हरेक गाउँ÷टोलमा एक वा त्यो भन्दा बढी मान्छे वितेका घर भएकाले उनीहरुले गाईजात्रा निकालेको उनले बताए ।

गाईजात्राको अवसरमा आईतबार कास्कीमा ३८ स्थानबाट तायामचाः निकालिएको छ । नेवा खलः कास्कीको आह्वानमा ३८ शाखा (कचाः)खलःहरुले तायमचा निकालेका हुन् । आईतबार पुरानो पोखरामा २८ स्थान, लेखनाथमा ८ स्थान, रुपा गाउँपालिका र माछापुच्छ«े गाउँपालिकाको घाचोकमा १÷१ स्थान गरेर कुल ३६ स्थानबाट तायाःमचा निस्किएको नेवाः खल कास्कीका अध्यक्ष पालिखेले जानकारी दिए । उनका अनुसार पोखरामा आईतबार हेमजा, लामौचार, बगर, मोहरियाटोल, भैरवटोल, भीमसेनटोल, गणेशटोल, रामकृष्णटोल, बगालेटोल, सिमलचौर, राष्ट्रवैंकचोक, पार्दी विरौटा, छोरेपाटन, पृथ्वीचोक, नयाँबजारबाट तायमचाः निकालिए । त्यस्तै, महेन्द्रपुल, तेर्सापट्टी, रानीपौवा, गौंडाकोमुख, कुँडहर र रामबजारबाट पनि तायाःमचा निस्केको उनले बताए । त्यस्तै लेखनाथबाट सिसुवा, अर्घौं, गगनगौंडा, जनताको चौतारा, बागमारा, हंसपुर, देउरालीलगायतका स्थानबाट तायमचाः निकालिएको जनाइएको छ ।
तायाःमचा ३८ ठाउँबाट भएपनि गाईजात्रा भने धेरै ठाउँबाट निस्किएका छन् । एउटा टोलबाट धेरै गाई निस्किएपनि तायाःमचा एउटै हुने भएकाले गाईको संख्या धेरै भएको अध्यक्ष पालिखेको भनाई छ । उनले भने,‘एउटा टोलबाट एउटा तायाःमचा निकालिन्छ । तर एउटा टोलमा एक वा सो भन्दा बढी मान्छेको मृत्यू भएको भए गाईपनि धेरै नै निस्किन्छ । त्यस हिसाबले यतिनै संख्यामा गाई निस्कियो भनेर यकीन भन्न नसकेपनि धेरै संख्यामा गाई निस्किएको अनुमान गर्न सकिन्छ ।’
यसैबीच, गाईजात्राको अवसरमा नेवा खलः कास्कीको आह्वानमा तायमचाःनृत्य प्रतियोगिता यहि साउन ३१ गते शनिबार आयोजना हुँदैछ । सिसुवा नेवाः खलको आयोजनामा पोखरा–३१ सिसुवा बजारमा प्रतियोगिता हुन लागेको हो । हरेक वर्ष हुँदै आएको प्रतियोगिताको यस वर्षको श्रृंखलामा ३५ टिम सहभागि हुने सिसुवा नेवाः खलका अध्यक्ष अर्जुनकुमार ताम्राकारले जानकारी दिए ।

यस वर्षको प्रतियोगिताको बिजेताले १ लाख ११ हजार १ सय ११, द्वितीय हुनेले ७७ हजार ७ सय ७७ रुपैयाँ र तृतीय हुनेले ५५ हजार ५ सय ५५ रुपैयाँ तथा सान्त्वना हुने एक टीमले २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने सिशुवा प्रतियोगिताका सहसंयोजक भैरवलाल श्रेष्ठले जानकारी दिए । प्रथम पुरस्कारको राशी अघिल्लो वर्षभन्दा झण्डै दुई लाखले कमी हो ।
यस वर्ष महिलातर्फको उपाधि बिजेतालाई ४० हजार, द्वितीय हुनेलाई ३० हजार, तृतीय हुनेलाई २५ हजार र सान्त्वना स्थान प्राप्त गर्नेलाई २० हजार प्रदान गरिने जनाइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







